गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।
निर्देशनपछि मापदण्डविपरीत पूर्वकर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना र सशस्त्र प्रहरी ९१ जनागरी १९४ सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।
यो तथ्यांक केन्द्रको मात्र भएको र जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्ने उनले बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।