बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित


प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् ।

सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो । सिफारिस अनुसार उनलाई गृहले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।

उनलाई हिरासतमा लिने र नलिने जिम्मेवारी अनुसन्धान अधिकृतसँग हुने पनि उनले बताए। सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो। उनको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद भएको थियो।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com