कतार विश्वकपका क्रममा लियोनल मेस्सी बसेको कोठालाई संग्रहालय बनाइने


प्रकाशित मिति : पुस १३, २०७९ बुधबार

कतार फिफा विश्वकप २०२२ को क्रममा कतार विश्वविद्यालयमा बसेका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ।कतार विश्वविद्यालयले अर्जेन्टिनाका कप्तानले प्रयोग गरेको कोठा नम्बर बि २०१ कोठामा संग्रहालय बन्ने जनाएको छ।‍

यसअघि विश्वविद्यालयले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली बसेको कोठाको तस्बिरहरूको श्रृंखला प्रकाशित गरेको थियो।अर्जेन्टिनाको टोलीको दोहा बसाइका क्रममा कतार विश्वविद्यालय आश्रयस्थल बनेको थियो। सङ्ग्रहालय सोही कम्प्लेक्सबाट सञ्चालन हुने वा विश्वविद्यालयको अन्यत्र सार्ने भन्ने खुलाइएको छैन।

यसले उत्सुक प्रशंसकहरूलाई सर्वकालीन महान फुटबलरको रूपमा चिनिएका मेस्सीले कसरी विश्वकप अभियानका खेलहरूबीचको समय बिताए भनेर हेर्न अवसर प्रदान गर्नेछ।डेली मेलका अनुसार विश्वकपका क्रममा मेस्सीको नेतृत्वमा रहेको टोलीले पाँच तारे लक्जरी होटेलहरूको सट्टा विशाल विश्वविद्यालयको क्याम्पमा बस्ने निर्णय गरेको गरेको थियो।फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रो पटक विश्विकप विजेता बनेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com