कालीकोटमा नर्सरी व्यवसायी सङ्कटमा


प्रकाशित मिति : पुस १३, २०७९ बुधबार

कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् । जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ओखर, कागती, अनार, सितलचिनी र लौठलगायतका बिरुवा बिक्री भएको छैन ।

नर्सरीमा उत्पादन गरिएका बिरुवा बिक्री नहुँदा आफू मर्कामा परेको पचालझरना गाउँपालिका–६ स्थित तुडिखेतमा रहेको केपियर्स नर्सरी फार्मका सञ्चालक कर्णप्रसाद चौलागाईंले बताउनुभयो । उहाँले आफूले नर्सरीमा कुरिलो एक हजार पाँच सय, अनार सात हजार, ओखर एक हजार तीन सय, महिरपख्खी तीन हजार दुई सय, लौठ चार हजार तीन सय, सल्लोका पाँच हजार तीन सय, शीतलचिनीका पाँच सय, टिमुर एक सय, कागतीका दुई हजार दुई बिरुवा बिक्री नभएको जानकारी दिनुभयो ।

“विसं।२०७४ मा स्थापना गरिएको नर्सरीमा रहेका बिरुवा बिक्री नहुँदा समस्या उत्पन्न भएको छ ।” उहाँले भन्नुभयो,“हरेक वर्ष यहाँका पालिकाले बिरुवा खरिद गरी वृक्षरोपण गर्ने गरेका छन् । तर, स्थानीय नर्सरी बिरुवा खरिद नगरी बाहिरबाट बिरुवा ल्याउने गरेका छन् ।”

जिल्लाको हावापानीमा सुहाउँदो बिरुवा नर्सरीमा उत्पादन हुने गरेको तर, यहाँका बिरुवा बिक्री हुननसकेको आफूहरुले बर्सेनि घाटा बेर्होनु परेको तिलागुफा नगरपालिका–१ का नर्सरी व्यवसायी रामबहादुर बुढाले बताउनुभयो । ‘हामीले उत्पादन गरेका बिरुवा बिक्री हुन छाडेका कारणले समस्या भएको छ ।’ उहाँले भन्नुभयो,“स्थानीय सरकार तथा अन्य निकायले स्थानीय नर्सरीमा उत्पादन भएको बिरुवा खरिद गरेर नर्सरी व्यवसायीलाई प्राहोत्सान गर्नुपर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँमा माटो सुहाउँदो स्थानीय बालीनालीको आवश्यकता अनुसार बिरुवा उत्पादन हुने गरेको नरहरिनाथ गाउँपालिका–७ का रामबहादुर बटालाले बताउनुयो । ‘स्थानीय उत्पादनलाई प्रोहोत्सान सरकारी नीति रहेको छ ।’ उहाँले भन्नुभयो,“तर, यहाँ उत्पादन गरिएका बिरुवा बिक्री नहुने र बाहिर जिल्लाबाट बिरुवा खरिद गर्ने गरिएको छ ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com