अलैँचीको रेसाबाट आम्दानी


प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार

cn}FrLsf] /];faf6 3/]n’ k|of]usf ;fdfg agfpFb} tfKn]h’ª, @ k’; M cn}FrLsf] /];faf6 3/]n’ k|of]usf ;fdu|L agfpFb} tfKn]h’ª ;b/d’sfd km’ªlnªsf dlxnf . oxfFl:yt rGbg kmfOa/ pBf]un] cn}FrLsf] /];faf6 ljleGg ;fdfg pTkfbg ub}{ cfPsf] 5 eg] :yfgLo dlxnfnfO{ /f]huf/L;d]t k|bfg u/]sf] 5 . tl:a/ M ;Gtf]if k’s'{6L÷/f;;

पूर्वी पहाडी जिल्लामा पाइने अलैँचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको अलैँचीको रेसाबाट विभिन्न प्रकारका सामग्री बनाउन थालिएको छ भने यसले बजारसमेत पाउन थालेको छ ।

गोडमेल गर्दा र टिप्दा निस्कने अलैँचीको सरालाई मसिनो बनाएर उद्यमीले लाखौँको कमाइ गर्न थालेका छन् भने यसरी खोलिएका उद्योगमा स्थानीय महिलाले रोजगारीसमेत पाउन थालेका छन् ।

सदरमुकाम फुङलिङमा विगत सात वर्षदेखि चन्दन फाइबर उद्योग खोलेर सञ्चालन गर्दै आउनुभएकी माया गुरुङले अलैँचीको रेसाजन्य सामानबाटै वार्षिक लाखौँको कमाइ गर्दै आएको जानकारी दिनुभयो । गुरुङका अनुसार अलैँचीको रेसाबाट हाते झोला, पर्स, हट म्याट, डोर म्याट, रुम म्याट, टी म्याट, झ्याल ढोकामा प्रयोग हुने पर्दालगायत सामान बन्ने गरेको छ । रेसाबाट बनेको सामान हेर्दा आकर्षक देखिने भएकाले यसको माग बढ्दोरुपमा रहेको गुरुङले बताउनुभयो । विशेषगरी काठमाडौँ, पोखरालगायत ठूला सहरमा उहाँले उत्पादन गरेका सामान पुग्छन् । ति ठाउँबाट विदेशमा समेत निर्यात हुने गरेको उहाँले बताउनुभयो ।

जङ्गलमा त्यसै खेर गइरहेको अलैँचीको रेसा सङ्कलन गरेर उद्योग चलाउनुभएकी गुरुङले स्थानीय १५ जना महिलालाई रोजगारीसमेत दिनुभएको छ । रोजगारी पाउनेमा प्रायः ग्रामीण क्षेत्रबाट बजार क्षेत्रमा बालबच्चा पढाउन बसेका महिला छन् । कामका आधारमा पारिश्रमिक दिएर उनीहरुलाई रोजगार प्रदान गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलैँची बगानबाट सरा सङ्कलन गरेर ल्याउनेलाई समेत पारिश्रमिक दिएकाले आफ्नो उद्योगबाट धेरैलाई फाइदा पुगेको उहाँको भनाइ छ ।

यता सदरमुकाममै पाथीभरा कोसेलीघर सञ्चालन गर्दै आउनुभएकी विष्णु श्रेष्ठले समेत अलैँचीको रेसाबाट विभिन्न सामान बनाउँदै आउनुभएको छ । सुरु सुरुमा बजार नपाउँदा समस्या भए पनि अहिले माग बढ्दै गएकाले उत्पादन पनि बढाउन थालेको श्रेष्ठले बताउनुभयो ।

उद्यमीले अलैँचीको रेसाजन्य सामान बनाउन थालेपछि घरेलु तथा साना उद्योगको कार्यालयले समेत उनीहरूलाई आवश्यक सहयोग गर्न थालेको छ । पछिल्लो समय अलैँचीको सरालाई प्रयोग गरेर घरेलु प्रयोगमा आउनेलगायतका सामान उत्पादन हुन थालेकाले आवश्यक सहयोग गरिएको कार्यालय प्रमुख युवराज घोर्साईले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com