क्यालिफोर्निया डिस्ट्रिक ४ सि ३ का गभर्नर थापाले दुई वटा लायन्स क्लबको स्थापना गर्दै सपथ ग्रहण 


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

स्थानीय प्रतिनिधी , अन्तरास्ट्रिय लायन्स क्लब डिस्ट्रिक ४ सी ३ को नया कार्यसमिति लगायत डिस्ट्रिक गभर्नर राजेन थापाको पदस्थापना कार्यक्रम बर्क्ली मारिना स्थित ग्रेगरियन बल रुममा भव्यताका साथ यहि जुलाई १६ मा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिमा लायन्स क्लबको प्रथम नारी अन्तरास्ट्रिय उपाध्यक्ष गुडरिनले थापालाई नेपालबाहिर पहिलो नेपाली मुलको डिस्ट्रिक गभर्नर रहेको जानकारी गाराउदै आफुपनि ९० प्रतिसत पहाड रहेको आइसल्याण्डबाट आएकोले विश्वको सर्बोच्च हिमालय नेपाललाई असाध्य मन पराउने जानकारी गराउनु भयो।

कार्यक्रममा वहाले दुइवटा नया लायन्स क्लबका पदाधिकारीहरुलाई ओहोदाको प्रमाण पत्र दिदै सपथग्रहण गराउनु भयो जसमा बर्क्ली लालीगुराँस लायन्स क्लबका संस्थापक अध्यक्ष निर्मल फुयाल र सम्पूर्ण चार्टर मेम्बर तथा अल्बानी फोकस अकाउनटिंग लायन्स क्लबका संस्थापक अध्यक्ष जय दाहाल र सम्पूर्ण चार्टर मेम्बरलाई अधिकारिक रुपमा अन्तरास्ट्रिय संस्थामा स्वागत गर्दै सेवाको भावनाले सामुदायिक बिकाशमा साथ दिन अनुरोध गर्दै स्वागत गर्नु भयो।

डिस्ट्रिक गभर्नर थापाले लायन्स क्लबको १००औ महासम्मेलन सिकागोमा विश्व भरिबाट आएका डिस्ट्रिक गभर्नरहरु, अन्तरास्ट्रिय डाइरेक्टरहरु , अन्तरास्ट्रिय अध्यक्ष नरेश अग्रवाल लगायात सम्पूर्ण कार्यसमितिले एउटा भब्य कार्यक्रमको साथ जुलाई ४ को दिन सपथ ग्रहण गर्नु भएको थियो भने जुलाई १६ बर्क्लिमा लायन्स क्लबका उल्लेख्य अन्तरास्ट्रिय स्तरका नेतृत्व र स्थानीय अमेरिकी र नेपाली समुदायको अत्यधिक उपस्थितिमा डिस्ट्रिकको नेतृत्व संहाल्ने उद्घोष गर्नु भयो।

नेपालमा लामो समय सम्म शिक्षाक्षेत्र , जेसिस, लायन्स क्लब र अन्य संघ संस्था मार्फत नेतृत्व बिकाशमा योगदान पुर्याउनु भएका गभर्नर थापाको अध्यक्षतामा पहिलो पल्ट २००६ मा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको स्थापना भएको थियो र हाल आएर यस क्षेत्रमा ७ वटा नेपाली समुदायमा लायन्स क्लब स्थापना भएको जानकारी गराउनु भयो। यी क्लबहरुलेबिभिन्न सेवा मुलक कार्यहरु गर्दै आई रहेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिकागोमा नेपाल डे कार्यक्रममा सम्मानित हुनु भएका गभर्नर थापाको पहलमा अमेरकाका बिभिन्न राज्यहरुमा लायन्स क्लब स्थापना भएको जानकारी नेपालका पहिलो अन्तरास्ट्रिय निर्देसक संजय खेतानले जानकारी गराउदै सम्मान गर्नु भएको थियो। सोहि कार्यक्रममा डिस्ट्रिक गभर्नर थापालाई मेल्विन जोन पुरस्कार र अन्य अन्तरास्ट्रिय लगायत स्थानीय नेपाली समुदायको तर्फबाट समेत सम्मान गरिएको थियो।

जुलाई १६ मा भएको पदस्थापना कार्यकमको औपचारिक कार्यक्रमको संचालन ध्रुव थापा र एल सताकेले गरेका थिए भने संस्कृतिक कार्यक्रम लक्ष्मी चौधरीले गर्नु भएको थियो।  जहाँ  विभिन्न कलाकारहरु द्वारा  आकर्षक नेपाली नृत्यहरु समेत प्रस्तुत गरिएका  थिए । कार्यक्रममा मिस नेपाल क्यालिफोर्नियाकी  बिजेता रोज लामालाई गभर्नर थापाले ” डिस्ट्रिक ४ सी ३ को सद्भावना दुत”  मनोनित गर्नु भयो।

अन्तरास्ट्रिय अध्यक्षले  गभर्नरलाई प्रदान गरेर गभर्नरको टिमले चयनगरेको व्यक्ति वा संस्थालाई   मात्र प्रदान गरिने ” प्रेसिडेनसियल अवार्ड” को  प्रमाण पत्र गभर्नर ले आफ्नो कार्यकालमा केहि बिसिस्ट सेवा पुर्याउने लायन्स र समुदायमा काम गर्नेसंस्था वा व्यक्तित्वलाई  प्रदानगर्ने  चलनरहेको उक्त पुरस्कार  न्यु योर्क सहरमा रहेर पत्रकारिता गर्दै आउनुभएका  हफिंगटन पोस्टका  पत्रकार तथा   लेखक  किरण मरहट्टा,  लायन तिलक  सुनार र लायन ध्रुब थापालाई   प्रदान गर्नु भयो । सोहि किसिमको अवार्ड   लायन एल सताके र लायन लक्ष्मी चौधरीलाई अन्तरास्ट्रिय उपाध्यक्ष  गुड रिनले ” डिस्ट्रिकको मीट एण्ड ग्रिट ” को बिसेषस मारोहमा प्रदान गर्नु भएको  थियो।  कार्यक्रममा लायन्स क्लबमार्फत  सेवा गरे बापत  केहि अन्य  पुरस्कार र प्रसंसा पत्र समेत प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि द्वारा गभर्नर थापालाई “प्रोग्रेसिभ मेल्भिन जोन” पुरस्कार प्रदान गर्दै अन्य चार जनालाई “मेल्भिन जोन” पुरस्कार द्वारा सम्मानित गरियो  जसमा  नया क्लब बर्क्ली लालीगुराँसका संस्थापक अध्यक्ष निर्मल फुयाल , डोनाल्ड क्रिस्टोफर , विलियम गी गरी, डोरिस लम र  सिन्थिया हिललाई लायन्स क्लबको  “मेल्भिन जोन” पुरस्कारको प्रदान गरियो।

कार्यक्रममा गभर्नर थापाले  अन्य बिसिस्ट अतिथिहरुलाई मायाको चिनो नेपाली को पहिचान ” खुकुरी र ढाका टोपी , र महिला नेतृत्वलाई नेपाली साडी प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न बक्ताहरुले लायन्स क्लबको बारेमा जानकारी गराउदै नया कार्यसमितिलाई सुभकामना समेत दिएका थिए। जसमा नेपाली र अमेरिकी समुदाय लगायत बर्क्ली सहरको मेयर देखि क्यालिफोर्निया राज्यको सम्मानित लेजिस्लेचर र अन्य बिसिस्ट व्यक्तिवहरु र स्थानीय संघ संस्थाको तर्फबाट पनि सुभकामना सन्देस प्राप्त भएको थियो।

फोटो : गोविन्द शाही र प्रतिक थापा।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com