बलिउड अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई


प्रकाशित मिति : पुस ११, २०७९ सोमबार

नव–निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बलिउड अभिनेता विवेक ओबरायले बधाई दिएका छन् ।

उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा बधाई ज्ञापन गरेका हुन् ।

उनले लेखेका छन्, ‘हालै तपाईंसँग भेट गर्ने मौका मिल्यो । जसरी न्यानोपन र मायाले हामीलाई स्वागत गर्नुभयो, त्यसले नेपालको विनम्रता र सांस्कृतिक करुणालाई दर्शाउँछ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com