विश्वप्रकाशको टिप्पणी : कांग्रेस एम्बाप्पे भयो, कप अर्कैले लग्यो


प्रकाशित मिति : पुस ११, २०७९ सोमबार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलमात्र भएको टिप्पणी गरेका छन् । पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा शर्माले सो टिप्पणी गरेका हुन् ।
उनले फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर उपाधि गुमाउनु परेको टिप्पणी गरेका छन्।

उनले भने, ‘अस्ती विश्वकप भएको थियो नि, सबैभन्दा बढी गोल एम्बाप्पेले गरे। गएको मंसिर ४ को निर्वाचनमा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो। तर भयो के भन्दा एम्बाप्पेले सबैभन्दा बढी गोल गर्‍यो, गोल्डेन बुट पनि जित्यो। तर कप चै अर्कैले लग्यो ।’

५ वर्षपछि एम्बाप्लेले के गर्छ भन्ने प्रश्नमा उनले भने, ‘५ वर्षपछि हामी डिफेण्डिङ च्याम्पियन भन्छन् नि अहिलेको च्याम्पियनलाई हराएर हामी च्याम्पियन बन्छौं ।’

यो टर्निङ प्वाइन्ट हुने भन्दै उनले गहिरो विश्लेषणका साथ अबको यात्रा तय गर्ने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com