प्रचण्ड ४४ औं प्रधानमन्त्री बन्दै


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र केही स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् ।

आज दिउँसो बालकोटस्थित ओली निवासमा बसेको बैठकले एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेका थियोे । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।

यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६९ जना सांसद छन्। सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ। सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भएको छ ।

आइतबार अपरान्ह प्रचण्ड राष्ट्रपति निवास (शितल निवास) पुगेका छ्न्। साथमा नेकपा एमालेसहित दलका नेताहरू पनि शितल निवास पुगेर दाबी पेस समेत गरेका छन् । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com