हाम्रो हातमा केही बाँकी रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो : रामचन्द्र पौडेल


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकपश्चात् उनले गठबन्धन अब कांग्रेसको हातमा नरहेको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै बैठकबाट बाहिरिएका थिए ।

“प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो,” उनले भने, “अब हाम्रो हातमा केही बाँकी रहेन । अब गठबन्धन टुट्यो, हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।” कांग्रेसको हातबाट सरकार बाहिर गएको उनको भनाइ छ ।
त्यसैगरी,कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले लिने देउवाको सन्देश आइतबार विहान प्रचण्डलाई सुनाएका थिए । उनले दोस्रो पालोमा प्रधानमन्त्री पद लिन प्रचण्डलाई आग्रह गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com