सत्ता गठबन्धनको बैठक छाडेर बाहिरिए प्रचण्ड


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्किएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड त्यहाँबाट बाहिरिएका हुन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि उनी बालुवाटारबाट बाहिरिएका हुन्।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडानमा छ।बैठकमा  देउवालाई प्रचण्ड-माधवले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एकरएक जनालाई बाँड्न प्रस्ताव गरेका थिए।  माओवादी केन्द्रका एक नेताले भने, ‘बालुवाटारमा कुरा नमिलेपछि अध्यक्ष बाहिरिनु भएको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com