रुसमा ७.७ रिक्टरको शक्तिशाली भूकम्प


प्रकाशित मिति : श्रावण ३, २०७४ मंगलबार

श्रावण ३, २०७४- रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको छ । रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ । यसका कारण सुनामीको खतरा रहेको सूचना सुरुमा जारी गरिए पनि पछि भने त्यसलाई हटाइएको छ । सुरुमा सुनामीको त्रास रहेको भएपनि त्यसको केही घन्टापछि भने त्यो सूचना हटाइएको छ ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पका कारण हुनसक्ने सुनामीको खतरा नरहेको भनी पछिल्लो सूचना जारी गरेको थियो । केही तटीय क्षेत्रमा समुद्रको पानी बाहिर आउनसक्ने देखिए पनि पछि भने त्यो खतरा नरहेको सो केन्द्रले जानकारी दिएको रुसी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सुनामी सम्बन्धी प्रकोप नियन्त्रण केन्द्रका अधिकारीहरुले सो सुनामीको प्रारम्भिक मापनमा समुद्रको कतिपय तटीय क्षेत्रमा ०.३ मीटरसम्म पानी माथि आउन सक्ने देखिएको बताइएको थियो । अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्रले उक्त भूकम्पको गहिराई ११.७ किलोमीटर मात्र रहेको बताएका थिए । भूकम्पको उद्वारकार्य भइरहेको जानकारी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com