हेटौँडाकी चम्पा परियार बनिन् सफल वन उद्यमी


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

हेटौँडास्थित जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियार हिजो आज बेफुर्सदिलो हुनुहुन्छ । घरायसी काम सकेर समूहले सामूहिक जडीबुटी खेती गरिरहेको स्थानमा पुग्नु उहाँको दिनचर्या नै बनेको छ । घरमा पालिएका गाई–बाख्रालाई जडीबुटी खेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गरेर आउनुहुने उहाँलाई सधैँ सबेरै घरघन्दा सकेर जडीबुटी गोडमेल र रेखदेख गर्न हतार हुन्छ ।

आयआर्जनको मुख्यस्रोत नै जडीबुटी खेती बनाउन कम्मर कसेर लाग्नुभएकी परियार सामुदायिक वनको हाईटेन्सनमुनी गरिएको जडीबुटी र घाँसपातसँगको लगाब र झुकाबले आफूलाई घर बस्नै नसक्ने बनाएको बताउनुहुन्छ । मुख्यरुपमा सर्पगन्धा खेती गर्दै आउनुभएकी उहाँले समूहसँग मिलेर हाल बेसार र अदुवा खेती पनि गरिरहनुभएको छ ।

सात वर्ष अगाडिदेखि मकवानपुरको मनहरि गाउँपालिकामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको उक्त समूहका सदस्यले सर्पगन्धाबाट मनग्ये आम्दानी पनि लिइसकेका छन्। सानो उमेरमा दलित भनेर हेपिनुभएकी परियार अहिले समुदायको प्रेरणाको स्रोत बन्नुभएको छ ।

समूहमै लागेर साधारण लेखपढ गर्न, बोल्न र नेतृत्व विकाससमेत गर्न सक्षम उहाँको जीवन अहिले जति सुन्दर देखिन्छ त्यत्तिकै विगतमा भोगिएको दुःखको कथा भने त्यत्तिकै कहालीलाग्दो छ ।
पेसागतरुपमै तल्लो जात हुनुपर्दाको पीडा र नागरिकतामा पनि त्यस्तै व्यहोराको थर राख्नुपर्दाको हिनताबोध अहिले छोराछोरीमा पनि रहेको उहाँ सुनाउनुहुन्छ । समाजमा महिलाको आदर्श बन्नुभएकी परियारले आदर्शको पत्र बन्न निकै सङ्घर्ष गर्नुपरेको थियो । रुख नभएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीलाई आयआर्जनको स्रोत बनाइएको छ । उक्त समूहमा रहेका विपन्न, दलित र जनजाती महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् ।
सत्र वर्षको उमेरमा दाउरा काट्न लाग्दा रुखबाट लडेर सन्तानसमेत गुमाउनु परेको थियो । मकवानपुरको मकरीमा जन्मनुभएकी परियारको पारिवारिक तथा पुख्यौली काम कपडा सिलाउनु भएपनि छोराछोरीबीचको विभेदले कपडा सिलाउन सिक्नुभन्दा उहाँलाई खाना पकाउन सिकाइन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परियार भन्नुहुन्छ,“ विवाह पछि खेत जोत्ने, वन जाने, मेला जाने मेरो परिवारको दिनचर्या भएकाले मैले पनि खेत खनजोतका साथै अन्य काम पनि गर्नुपथ्र्योे ।” “त्यही क्रममा गर्भवती हुँदासमेत रुखबाट लडेर थला परेँ र सन्तान गुमाए” उहाँ भन्नुहुन्छ ।

मकवानपुरको सरिखेतबाट मनहरिमा बसाइँ आउनुभएपछि अनेमसङ्घमा आबद्ध भएर लेखपढ गर्ने तीव्र ईच्छाले प्रौढ शिक्षा पढेर साधारण साक्षर भएँ र सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटामा प्रवेश गरे पनि दलितको आधारमा मात्र आफू सीमित हुन नचाहेको परियार बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,“दलित त मलाई समुदायले बनाएको हो म के बन्ने भन्ने त मेरो आफ्नो निर्णय हो जस्तो लाग्यो, त्यसपछि सिक्ने र गर्ने काम केही छोडिन, बोल्न पनि सिकेँ, जे भएनी यो अवस्था भने सामूदायिक वनले नै बनायो बोल्ने र गर्ने आँट बढायो ।”

त्यसपछि मात्र आफूले दुःखभित्र लुकेको सुखी जीवन खोज्न थागेको उहाँ बताउनुहुन्छ । सामुदायिक वनबाट आयआर्जन गर्न सात वर्षअघिदेखि उपसमूह बनाएर लागिपरेको परियारको भनाइ छ । समूहकी अध्यक्ष उहाँ सामूहिकरुपमा जडीबुटी खेती तथा घाँसको बिरुवा रोपेर बाख्रा पालिरहेकाले आर्थिकरुपमा निकै सहयोग पुगेको बताउनुहुन्छ ।

परियार भन्नुहुन्छ, “अब यो ठाउँमा यसरी हामी दिदीबहिनी मिलेर आम्दानी गर्छमजस्तो लागेको थिएन, गरेदेखिन नहुने केही रहेनछ ।” हाइटेन्सनमुनिका रुख काटिएपछि खालिरहेकोे स्थानमा उत्पादन गरेर स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने सोचसहित थालिएको जडीबुटी खेतीले आम्दानी दिन थालेपछि सबैजना उत्साहित हुँदै थप मेहनत गर्न ऊर्जा मिलेको परियार बताउनुहुन्छ ।

यस वर्ष थालिएको अदुवा खेती सप्रिएको तर बजार व्यवस्थापनका लागि सहयोग आवश्यक परेको उहाँ सुनाउनुहुन्छ । जडीबुटी रोपिएको स्थान वरपर घाँस लगाउँदा घरमा पशुपालन गर्न पनि सहज भएपछि उपसमूहमार्फन नै आर्थिक सहयोग र बाख्रा सापटी कार्यक्रम लागू गरेर थप आम्दानी गरिएको परियारको भनाइ छ ।

हाल जडीबुटी, अदुवा, अम्रिसोसँगै बाख्रा पालन पनि समूहले गर्दै आएको उहाँ उल्लेख गर्नुहुन्छ। हाल उक्त समूहका सदस्यले सर्पगन्धाको बीउ उत्पादन गरेर बिक्रीवितरण गरिरहेका छन् । बिहान बेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेका छन्। परियार भन्नुहुन्छ,“खेती गरौँ जमिन छैन, अरु काम गर्न लगानी छैन, यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो एउटा कार्यक्रमले साँच्चै भन्नुपर्दा हाम्रो जीवनमा परिवर्तन नै ल्याइदिएको छ ।”
सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमा रहेका विपन्न महिलाको जीवनस्तर उकास्न गरेको गतिविधि सार्थक सावित भएको अध्यक्ष परियारको निष्कर्ष छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com