गगनले दिए देउवालाई बधाई, भने-अपेक्षा गरेकोभन्दा निकै कम मत आयो


प्रकाशित मिति : पुस ६, २०७९ बुधबार

;+;bLo bnsf] lgjf{rgdf dtbfg ub}{ pDd]bjf/ yfkf sf7df8f}F, ^ k’; M g]kfnL sfFu|];sf] ;+;bLo bnsf] lgjf{rgdf a’wjf/ l;+xb/af/df dtbfgdf ;xefuL x’Fb} bnsf pDd]bjf/ uugs’df/ yfkf . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्।  बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि गगनले देउवाको जिम्मेवारी गौरवमय बन्ने अपेक्षा गरेको बताए।

उनले भने , ‘संसदीय दलको नेतामा पटक- पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ। उहाँलाई बधाई तथा शुभकामना छ। उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस्।’ कांग्रेसका बहुमत सांसदहरू संसदीय दललाई नयाँ रूपले सञ्चालन गर्ने आफ्नो प्रस्तावको पक्षमा नरहेको देखिएको बताए।

आफूले पाएको मत अपेक्षाभन्दा कम भएको उनले बताए। संसदीय दलमा ८९ जनाले मतदान गरेका थिए । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसद अर्थात ४५ मत आउँनुपर्ने हुन्थ्यो तर गगनले २५ मत मात्र प्राप्त गरे । भने सभापति देउवाले ६४ मत ल्याएर निवार्चित भएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com