कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, गगनले पाए २५ मत


प्रकाशित मिति : पुस ६, २०७९ बुधबार

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा ८९ जना सांसदले मतदान गरेका थिए। जसमा देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।
उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री गगन थापा २५ मत पाएका छन् ।

कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।

गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com