नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना हुनुभएको छ । निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उहाँ आज भर्ना हुनुभएको सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नेता नेपालको फोक्सो तथा श्वास नली सङ्क्रमण, ज्वरो, उच्च रक्तचापलगायत समस्या देखिएको छ ।
नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । उहाँको आजै एक्सरे, रगत, दिसा परीक्षण गरिएको छ । उहाँ अस्पतालको डिलक्स क्याबिनको बेड नं ५०१ मा भर्ना गरिएको छ । सूचना अधिकारी अधिकारीले नेता नेपाललाई केही दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताउनुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।