कांग्रेस संसदीय दल निर्वाचन : गगनको प्रस्तावक शेखर, समर्थकमा धनराज र विश्वप्रकाश


प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार

नेपाली कांग्रेसको संसदीय दलको नेताका रुपमा प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवासँग चुनावी प्रतिस्पर्धाका लागि पार्टी महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनको उम्मेदवारीमा प्रस्तावक डा शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा  रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com