रवि लामिछानेको सांसदहरुलाई निर्देशन : पार्टीको निर्णय भन्दा बाहिर नबोल्नुहोला


प्रकाशित मिति : पुस ४, २०७९ सोमबार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा बसेकोआवासीय बैठकबाट संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिनु भएको छ ।

लामिछानेले सांसदलाई भन्नु भयो ‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन् । ’

लामिछानेले पार्टीले गरेको निर्णयभित्र जति पार्टीले निर्णय भएको त्यति मात्रै बोल्न निर्देशन दिनुभएको हो। पार्टीमा विवाद आउने कुनैपनि विषय नउठाउन लामिछानेले निर्देशन दिनुभयो । पार्टी र सरकारमा जाने विषयमा पार्टीको लाइन भन्दा बाहिर नबोल्न लामिछानेले निर्देशन दिनुभयो।

आवासीय बैठकमा संसदीय प्रक्रिया, संसद्को भूमिका, कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा ब्रिफिङ गराइने भएको छ । आ बैठक भोलिसम्म चल्ने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com