समानुपातिक सांसदले पाए प्रमाणपत्र


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदहरुलाई प्रम‍ाणपत्र प्रदान गरेको छ। निर्वाचन सम्पन्न भएको एक महिनापछि आयोगले विभिन्न दलबाट सिफारिस भएर आएका समानुपातिक उम्मेदवारहरुलाई निर्वाचित गर्दै प्रमाणपत्र प्रदान गरेको हो।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुन्छन् भने सात वटा प्रदेशसभामा गरी २२० जना।

आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै स्थानबाट प्रमाणपत्र दिइएको छ। उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरे भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com