नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ। उनी उपचारका लागि चीनमा छन्। स्वास्थ्यमा सुधार आएकोले उनी अब एक सातापछि नेपाल फर्कने उनको सचिवालयले जानकारी दिएको छ।
वर्षमान केही समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन्।
चुनावी धपेडीका कारण जण्डिस फेरि बल्झिएपछि उनी गत मंसिर १६ गते फलोअप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गर्न पुगेका थिए।
वर्षमानको शरिरमा हाल जण्डिसको मात्रा २० बिन्दुमा झरेको छ। उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो। पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्ती अनुसार आगामी मंगलबार नेता पुन नेपाल फर्कने सम्भावना छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।