पर्यटकीय गन्तव्य बन्दै दाङको जखेरा ताल


प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा डुङ्गा सयर, वनभोज र फोटो खिच्न दैनिक मानिस आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिनुभयो । यो ताल प्रदेश सरकारको पहिलो प्राथमिकतामा समेत परेको छ ।

जखेरा शिवालय विकासका लागि सङ्घीय सरकारबाट बाटो र उद्यान निर्माणका लागि रु आठ करोड, प्रदेश सरकारबाट रु ९० लाख र स्थानीय सरकारले हालसम्म रु पौने दुई करोड बजेट विनियोजन गरेको प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो ।

तालको संरक्षण र सम्वद्र्धन सँगसँगै यस क्षेत्रको व्यापार व्यवसायमा आर्थिक वृद्धि भएको स्थानीय होटल व्यवसायी बालकृष्ण चौधरीले बताउनुभयो । तालमा डुङ्गा सयर, पार्कभित्र वनभोजस्थलको व्यवस्थापन हुँदा व्यवसाय बढेको छ”, उहाँ भन्नुभयो ।

त्यस्तै, गढवा गाउँपालिका–१ मा पर्ने कुलपानी हरित उद्यान पनि पर्यटकीय गन्तव्यको स्थल बन्दै गएको छ । दुईदेखि तीन सयसम्म पर्यटक दिनहुँजसो आउने गरेको गढवा गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । कुलपानी हरित उद्यानको विकासका लागि गढवा गाउँपालिकाले यस वर्षमा रु आठ लाख बजेट विनियोजन गरेकोसमेत वडाध्यक्ष अधिकारीले बताउनुभयो । अन्य सामाजिक सङ्घ संस्थाले पनि बजेट सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, भारतसँग सिमाना जोडिएको गढवा गाउँपालिका–८ कोइलाबास नाकाले पनि पछिल्लो समय आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ । नजिकैको पहाड हेर्न, खोलामा रहेको झोलुङ्गे पुल हेर्न, त्यहाँ रहेको ‘भ्युटावर’ चढ्नका लागि दैनिक भारतीय पर्यटक आउने गरेको वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनुभयो । भारतीय पर्यटक नेपाल आउँदा नेपालको अर्थतन्त्रमा टेवा पुगेको उहाँको भनाइ छ ।

दाङ सदरमुकाम घोराही बजारदेखि दक्षिणतर्फ नौ किलोमिटर दूरीमा अवस्थित धारापानी मन्दिर परिचित छ । अग्लो त्रिशूल राखिएका कारण यो मन्दिर परिचित भएको हो । घोराही उपमहानगरपालिका–५ मा पर्ने धारापानी मन्दिर विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गर्दै आएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव तथा वडा नम्बर ५ का वडाध्यक्ष विष्णुराम आचार्यले जानकारी दिनुभयो ।

यो धार्मिक वन क्षेत्र भएको कारणले गर्दा मन्दिर वरपर माछा मासु लिन पाइँदैन, होमस्टे, रेष्टुराँ सञ्चालन गर्न नदिएको उहाँले बताउनुभयो । “मन्दिरको बाहिरपट्टि पूजा सामग्री बिक्री गर्ने, सामान्य चिया पसल राख्ने ठाउँ छ र पूजापाठ गर्न आएका श्रद्धालुले चढाएको पूजा भेटी त्यसैबाट आउने रकम नै मन्दिरको आयस्रोत हो ।”, उहाँले भन्नुभयो ।

समितिले करिब चार बिघा क्षेत्रफलमा ड्याम निर्माण थालेको छ । यसका लागि हालसम्म प्रदेश सरकारले रु तीन करोड बढी बजेट बिनियोजन गरिसकेको व्यवस्थापन समितिले जनाएकोछ । ‘ड्याम’ निर्माण भएपश्चात् माछापालन र डुङ्गा सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

त्यस्तै सङ्घीय सरकारबाट प्राप्त रु २५ लाख बजेटले गुरुकुल निर्माण भइरहेको समितिका सचिव आचार्यले जानकारी दिनुभयो । साथै समितिले मन्दिरमा ३१ किलोको घण्टा राख्नका लागि अभियान थालिने जनाएको छ ।

त्यस्तै दाङमा मानव निर्मित पर्यटकीय क्षेत्र निर्माण भइरहेका छन् । बास बस्न र खानका लागि व्यवस्थासहित सुविधा सम्पन्न होटल, रेष्टुराँ र होमस्टे नहुँदा टाढाबाट आउने आगन्तुकलाई समस्या हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com