Follow @khasokhasmag

अमेरिकामा द भ्वाइसको टप ८ मा पुगेकी परिजितालाई अगाडि बढाउन आज बेलुका भोटिङ


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा टप ८ मा पुगेकी नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोलालाई अगाडि बढाउन न्युयोर्क समय अनुशार आज सोमबार बेलुका ८ बजेदेखि भोटिङ सुरु हुनेछ ।  भोलि मंगलबार विहान ७ बजेसम्ममात्र अनलाइनमार्फत भोट गर्न सकिने भएको छ । गतसाता टप १० बाट टप ८ छनौट गरिएकोमा बास्तोलाले स्थान सुरक्षित गर्न सफल भएकी हुन् ।

एप स्टोरबाट द भ्वाइस डाउनलोड गरेर वा सिधै वेवसाइटमा गएर भोट हाल्न सकिन्छ । एकपटकमा १० वटासम्म भोट गर्न सकिन्छ । सिधै वेवसाइटमा गएर भोट हाल्न यहाँ क्लीक गर्नुहोला । 

एप्पल डिभाइसमा एप्लीकेशन डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।

एन्ड्रोइड डिभाइसमा एप्लीकेशन डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।

परिजितालाई टप ८ मा लैजानका लागि बिश्वभरि छरिएर रहेका नेपाली तथा अन्यले मत दिएका थिए । परिजिता जोन लिजेन्डको टोलीमा छिन् ।

परिजिता द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मूलकी अमेरिकन हुन् । द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।

आमा बिरा तिवारी, बुबा पंकज बास्तोला र दिदी प्रियांकासहित अमेरिकाको मेरील्याण्डमा बस्दै आएकी परिजिताले ४ वर्षको उमेरदेखि गीत गाउन शुरु गरेकी थिइन्। दुई दशकअघि नेपालको काठमाडौँबाट बास्तोला परिवार अमेरिका पुगेका थिए। परिजिताको जन्म अमेरिकामा नै भएको हो।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com