विश्वकपमा इङ्ल्यान्डलाई समर्थन गर्ने अमेरिकी दूतावासका कर्मचारी बर्खास्त भएको भिडियो मजाक


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

अमेरिकासँग शुक्रबारको विश्वकपको भिडन्त अघि इङ्गल्याण्डलाई आफ्नो समर्थन घोषणा गरेपछि लन्डनमा रहेको अमेरिकी दूतावासमा कार्यरत एक अधिकारी बर्खास्त भएको मजाकपूर्ण भिडियो अमेरिकी दूतावास लण्डनले सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।

कतारमा अमेरिका र इङ्गल्याण्डबीचको खेल गोलरहित बराबरी हुनु अघि लण्डनमा रहेको अमेरिकी दूतावासले आफ्नो आधिकारिक ट्विटर खातामा एक मजाकपूर्ण भिडियो पोस्ट गर्दै प्रवक्ता आरोन स्निपलाई खेल भन्दा पहिले बर्खास्त गरिएको उल्लेख गरेको थियो ।

भिडियोमा स्निपले तीनवटा सिंह भएको स्कार्फ लगाएर अफिसमा हिंडिरहेको देख्न सकिन्छ, जहाँ उनका एकजोडी सहकर्मीहरूले उनलाई घृणाको भावले हेरेका छन् ।

जब उनी आफ्नो कार्यालयमा पुग्छन्, इङ्गल्याण्डको झण्डा झुण्ड्याउँदै, कसैले देशद्रोही भनेर लेखेको देखिन्छ । त्यसपछि एक सहकर्मी भित्र आएर उनलाई एचआरमा बोलाइएको बताउँछिन् ।

त्यसपछि उनलाई एक व्यक्तिले अमेरिकन भएको सम्झाउदै र अमेरिकी दूतावासको लागि काम गर्ने तथा इङ्गल्याण्डको लागि रुट हुन नसक्ने बताउँदै टिसर्ट खोल्न लगाउँछन् । बाहिर निस्कदै गर्दा उनले इङ्गल्याण्डको जर्सी निकाल्छन्, तर त्यसको तल अर्को इङ्गल्याण्डकै जर्सी छ भनेर देखाउनका लागि ।

त्यसपछि भिडियोमा आरोन स्निप अब अमेरिकी दूतावास लण्डनमा कार्यरत नभएको उल्लेख गरेको देखिन्छ ।

भिडियोमा प्रतिक्रिया दिनेहरूमध्ये अमेरिकाका लागि बेलायती राजदूत र संयुक्त राष्ट्र सुरक्षा परिषदका पूर्व अध्यक्ष डेम करेन पियर्स पनि छिन् ।

कसै कसैले यो भिडियो अमेरिका र इङ्ल्यान्डबीचको खेल भन्दा बढी मनोरञ्जनात्मक रहेको तर्क गर्न गरेका छन् । खेलमा अमेरिकाले प्रभुत्व जमायो तर गोलरहित बराबरीमा खेल समाप्त भयो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com