पश्चिम नवलपरासी १ बाट विनोद चौधरी निर्वाचित


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतको अन्तरले पराजित गरेका हुन् ।

चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् भने त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।

यो क्षेत्रमा ८४ हजार २ सय २९ मत खसेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com