यो हो आप्रवासीका लागि उत्कृष्ट देश


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

आप्रवासीले बनेको देश अमेरिका भनेर धेरै सुन्ने गरिन्छ । तपाईलाई पनि लाग्न सक्छ अमेरिका आप्रवासीहरुका लागि उत्कृष्ट देश हो । तर यो कुरा सत्य होइन । अमेरिका आप्रवासीका लागि उत्कृष्ट देशमा पाँचवटाको सुचीमा समेत पर्दैन । युएस न्युज एण्ड वल्र्ड रिपोर्टको नयाँ सर्वेक्षण अनुशार सामाजिक कल्याणकारी राज्यको परिचय बनाएको स्वीडेन आप्रवासीका लागि सबैभन्दा उत्कृष्ट देश हो ।

अवशरको भूमीका रुपमा उत्कृष्ट परिचय बनाउनका लागि अमेरिकाले सुधार्नुपर्ने धेरै कुराहरु रहेका छन् । युएस न्युज एण्ड वल्र्ड रिपोर्टले अध्यागमन नीति र आर्थिक तथ्यांकका आधारमा रिपोर्ट तयार पारेको हो ।

सुचीमा अमेरिका भने सातौं नम्बरमा परेको छ । रिपोर्ट अनुशार डोनाल्ड ट्रम्पको अध्यागमन नीति, यात्रा प्रतिबन्ध, मेक्सिकोमा लगाइने पर्खाल लगायतका विषयका कारण अमेरिका सातौं नम्बरमा झरेको हो । अमेरिका ४६ दशमलव ६ मिलियन आप्रवासीहरुको घर हो । र विश्वमा सबैभन्दा धेरै आप्रवासीहरु भित्राउने मुलुक पनि अमेरिका नै हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com