जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अगाडि


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले दुई हजार ६०० मत प्राप्त गर्नुभएको छ ।

यहाँ राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा (कुँवर) ले एक हजार ५० मत पाउनुभएको छ ।

त्यस्तै एमालेका रतननाथ योगीले चार सय ४७ मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com