बोस्टन सप्ताह कार्यक्रममा १००८ महिलाहरुले कलश लिएर नगर परिक्रमा गर्ने तयारी 


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

-विजय थापा

आगामी अगस्त ६ देखि १२ सम्म एक सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब ,बोस्टन सप्ताह २०१७ को लागि आयोजक तथा सम्पूर्ण समुदाय भब्य तयारीमा जुटेका छन् । आयोजक कुनै कसर नछोड्न उद्देश्यको साथ व्यापक प्रचार प्रसारमा अहोरात्र खटिई रहेका छन् ।

उक्त बृहत आध्यात्मिक महोत्सबमा कलश यात्रा बोस्टन सप्ताहको बिशेष कार्यक्रम रहेकोले  १००८ महिलाहरुले आफ्नो सांस्कृतिक भेष भुषा सहित कलश लिएर नगर परिक्रिमा गर्दै सप्ताहका प्रमुख बाचक लाई आशन ग्रहण गराउने भएका छन् । उक्त बहु-धार्मिक, बहु-सांस्कृतिक आध्यात्मिक महोत्सबमा भागवत सप्ताहको सांगीतिक वाचन तथा आध्यात्मिक कार्यक्रम प्रस्तुतिका लागि अन्तर्रराष्ट्रिय रुपमा ख्याति कमाएका लोकप्रीय युवा पण्डित, वाचनप्रवीण श्री दीनबन्धु पोख्रेलद्वारा जनसाधरणले बुझ्ने शैलीमा श्रीमद्भागवत कथा वाचन गर्ने छन् ।

बोस्टन स्थित श्री पशुतिपतिनाथको मन्दिर  र भगवान बुद्धको स्तुप सहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्य सहित सन् २०१२ मा स्थापित पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्डको सहयोगार्थ साता ब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सबको आयोजना गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोस्टन सप्ताह २०१७ आयोजनाका लागि  १००१ सदस्यीय समारोह आयोजक मूल समिति गठन गरिएको छ । जसमा न्यू इङ्गल्यान्ड क्षेत्रमा बस्ने  नेपाली भाषीहरुको उल्लासपूर्ण सहभागिता रहेको छ भने कार्य संचालन र ब्यबस्थापन सहजताको लागि मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन भएका छन्  ।

सप्ताहमा अन्य आकर्षणहरुमा भागवत पुराण तथा कथा वाचन ,वबौद्ध तथा किराँत धर्म शिक्षा ,कलश यात्रा तथा झाँकी प्रदर्शन,लामा पाठ ,रुद्री तथा चण्डी पाठ,ब्रज्रयान गुरूजू पूजा ,गुन्यूचोलो ,सामुहिक ब्रतबन्ध ,ब्रत समापन ,लाखबत्ति ,तुला दान,दश दान ,मूर्ति प्राण प्रतिष्ठा तथा अखण्ड ध्यान (रिले मेडिटेशन) रहने छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com