नेपाली जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा महामन्त्री घिमिरेको दावी


प्रकाशित मिति : असार २५, २०७४ आईतबार

नेपाली कांग्रेसको प्रवासी भातृ सँगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशन नजिकिएसँगै चुनावी चर्चा शुरु भएको छ ।

चुनावी चर्चाकावीच समितिका महामन्त्री बिनोद घिमिरेले आगामी कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

यही जुलाई २३ तारिखका दिन लिस्बनमा हुन गईरहेको समितिको पाँचौ अधिबेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने घिमिरेले बताएका हुन् ।

एक कार्यकाल कार्यसमिति सदस्य र पछिल्लो दुई कार्यकाल महामन्त्रीका रुपमा समितिको नेतृत्व तहमा रहेर काम गरेका घिमिरेले आफूलाई सभापति पदको बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समितिको नेतृत्व गर्ने पालो सरासर आफ्नै भएका कारण सभापतिको आँकाक्षी भएको घिमिरेको भनाई छ । उनले सँगठनका लागि आफूले गरेको काम, योगदान र निरन्तरको सकृय क्रियाशीलतालाई मूल आधार बनाएर सभापति पदको दाबेदारी प्रस्तुत गरेका छन् ।

‘संगठनको स्थापनाकालदेखि नै म हरेक गतिबिधीमा सकृय भएर लागि परेका छु ।’ घिमिरेले भने,’मैले उम्मेदवारी दिने निश्चित हो, उल्लेख्य साथीहरुले मलाई सर्मथन गर्नुभएको छ । अब अझै शसक्त भएर लाग्ने प्रतिबद्धताका साथ समितिको नेतृत्वमा आउन चाहेको हुँ ।’

आफूलाई शसक्त उम्मेदवारका रुपमा प्रस्तुत गरेका घिमिरेले सहमतिमा नेतृत्व चयन भए आफूलाई पनि स्वीकार्य भएको प्रतिक्रिया दिए । तथापी सहमती सर्बस्वीकार्य हुनुपर्नेमा उनको जोड छ ।

घिमिरेका अनुसार पोर्चुगलमा रहेका नेपाली कांग्रेससँग आस्थावान् सबैलाई सँगठित गर्ने, यहाँ क्रियाशील सबै संघसंस्थासँग सहकार्य र समन्वय गर्ने, नेपालीहरुका समस्या समाधानका लागि सँगठनात्मक ढँगबाट पहल गर्ने लगायतका योजनाका साथ अघि बढेका छन् ।

विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सकृय भएका घिमिरे नेपाल बिद्यार्थी संघ अर्घाखाँचीका पूर्व जिल्ला सदस्य समेत हुन् ।

अधिबेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com