मौलिक तीज गितका साथ रामप्रसाद खनाल, अत्याधिक रुचाइदै (भिडियो)
प्रकाशित मिति : असार २४, २०७४ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2017/07/Screen-Shot-2017-07-08-at-12.28.14-AM.png?fit=1579%2C701&ssl=1)
अमेरिका निवासी चर्चित कलाकार रामप्रसाद खनालको नयाँ मौलिक तीज गित सार्वजनिक भएको छ । हाल नेपालमा रहनुभएका खनालले तीज गितमार्फत मौलिकभाकालाई फर्काउनुभएको हो ।
धेरै पहिला गाउँघरमा गाइने गीतलाई खनालले नयाँ ढंगले प्रस्तुत गरेका छन् । अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिका को प्रस्तुतीको रुपमा रहेको गीतमा लय र शब्द संकलन राम प्रसाद खनालले नै गर्नु भएको छ भने महिलामा गायिका मन्जु पौडेलको स्वर रहेको छ ।
शंकर बि.सीले निर्देशन गर्नु भएको भिडियोमा चर्चित हास्य कलाकार दिपा श्री निरौला ,किरण केसी शिवहरि पौडेल, शंकर बिसी, मनोज आचार्य, राम प्रसाद खनाल, मन्जु पौडेल, नबिन पौडेल, रितु कंडेल, अनुसा पौडेल र राम प्रसाद खनालकी छोरी सुश्मा खनालको पनि अभिनय रहेको छ ।
तीजको गितमा बिकृति भित्रिएको बखत मौलिक संस्कृतिलाई फर्काउने खनालको यो प्रयास एकहदसम्म सफल देखिएको छ । नयाँ पुस्ताका दर्शक श्रोताहरुले पनि यो गितलाई रुचाएका छन् भने युट्युबमा अपलोड गरेको तीनदिनमा झण्डै एकलाख पटक हेरिसकिएको छ ।