काठमाडौं महानगरले दियो साइन बोर्ड बापतको शुल्क बुझाउन अल्टिमेटम


प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार

काठमाडौं महानगरपालिकाले महानगरभित्र राखिएका परिचय पार्टीबापतको शुल्क बुझाउन सम्बन्धित संस्थालाई आग्रह गरेको छ । महानगरले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरक्षेत्रभित्र व्यापार व्यवसाय गर्ने संस्थाहरुले परिचय पार्टी बापतको शुल्क ३० दिनभित्रमा बुझाउन अल्टिमेटम दिएको हो ।

केही व्यक्ति संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखि आएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सघंसंस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने शुल्क नबुझाएपछि सूचना जारी गरेको महानगरले जनाएको छ ।  महानगरपालिकाको आर्थिक ऐन, २०५९ को अनुसूची २ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन आग्रह गर्दै उक्त अवधिभित्र परिचय पार्टीकोे शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा महानगरपालिकाले तत्काल हटाउने चेतावनी समेत दिएको छ ।

महानगरको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखि आएको परिचय पाटी (व्यक्ति व्यवसाय वा स संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०५९ को अनुसूची २ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ । उक्त अवधिभित्र परिचच पाटो शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने व्यहोरा समेत सम्बन्धित पक्षको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ।’

काठमाडौं महानगरपालिकाले यस अघि अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको थियो । महानगरले असोज ५ गते सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तत्काल हटाउन आग्रह गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com