शुक्रबार अमेरिकी पासपोर्ट अनलाइनबाट नविकरणका लागि आवेदन खुला तर एकदिनमै पुग्यो कोटा


प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार

शुक्रबार अमेरिकी पासपोर्ट अनलाइनबाट नविकरणका लागि आवेदन खुला गरिएकोमा एकदिनमा नै कोटा पूरा भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । पूर्णरुपमा सन् २०२३ बाट सुरु हुने अपेक्षा गरिएको यो कार्यक्रम अहिले परीक्षणकालका रुपमा संचालन भइररहेकोमा शुक्रबार अनलाइनमा आवेदन खुला गरिएको थियो ।

दोस्रो चरणको अवधिमा आवेदनहरू स्वीकार गर्ने मासिक लक्ष्य पूरा भएको र अक्टोबरमा पुन खोल्ने योजना बनाएको विदेश मन्त्रालयले जनाएको छ । शनिबार दिउसो १२ बजेभित्र अनलाइन एकाउन्ट सकृय बनाएकाहरुले पासपोर्ट नविकरणका लागि आवेदन दिनसक्ने र १२ बजेपछि अनलाइन एकाउन्ट सकृय बनाएकाहरुले नविकरणका लागि अक्टोबरसम्म कुनुपर्ने जनाइएको छ ।

अक्टोबरसम्म कुर्न नचाहनेहरुले हुलाकबाट पठाएर वा व्यक्तिगत रुपमा उपस्थीत भएर पासपोर्ट नविकरण गर्न सक्नेछन् । अनलाइनबाट नविकरणका लागि अनलाइनमा एकान्ट बनाउनुपर्छ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।

राष्ट्रपति जो बाइडेन कार्यकारी आदेश जारी गर्दै अनलाइनबाट पासपोर्ट नविकरण प्रणाली विकाश गर्न अमेरिकी विदेश मन्त्रालयलाई निर्देशन दिएका थिए । भौतिक रुपमा उपस्थीत भएर कागजात हुलाकबाट पठाउन नपर्ने गरी प्रणालीको विकाश गर्न निर्देशन दिए अनुशार विदेश मन्त्रालयले फेडरल रजिष्टरमा यसबारेको अन्तिम सुचना प्रकाशित गरेको थियो । सोही अनुशार अहिले नविकरण परीक्षणका क्रममा छ ।

विगतमा पासपोर्ट नविकरणका लागि भौतिक रुपमा उपस्थीत भएर पूरानो पासपोर्ट पेश गर्नुपर्ने र चेक वा मनी अर्डरबाट रकम बुझाउनुपर्ने प्रावधान रहदै आएकोमा अनलाइनबाट नविकरण गर्दा शुल्क पनि अनलाइनबाटै तिर्न सकिनेछ । नयाँ प्रणाली अन्तरगत आवेदकले अनलाइन वा हुलाकमार्फत पासपोर्ट नविकरणका लागि आवेदन दिनसक्नेछन् ।

हुलाकबाट वा भौतिक रुपमा उपस्थीत भएर पासपोर्ट नविकरणका लागि आवेदन दिंदा पुरानो पासपोर्ट रद्द गर्नका लागि पठाउनुपर्ने प्रावधान भएपनि अनलाइनबाट आवेदन दिंदा भने पुरानो पासपोर्ट अनलाइन प्रकृयाबाट नै रद्द गर्न सकिन्छ । पासपोर्ट हराएको, चोरी भएको वा नष्ट भएको सन्दर्भमा भने आवेदकले प्रयाप्त र विश्वसनीय व्याख्या गर्नुपर्छ ।

विगतमा १० बर्षको पूरै म्यादको पासपोर्ट जारी भएकाहरुलोमात्र अनलाइनबाट वा हुलाकबाट नविकरणका लागि आवेदन दिन सक्छन् । त्यस्तै पहिलेको पासपोर्ट जारी हुँदा आवेदक १६ बर्ष वा सोभन्दा माथिको उमेरको हुनुपर्छ भने पासपोर्टको म्याद १ बर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको हुनुपर्छ । अघिल्लो पासपोर्ट जारी भएको १५ बर्ष भन्दा बढी भएको हुनुहुँदैन भने नाम वा लिंग लगायतका अन्य व्यक्तिगत विवरण पनि परिवर्तन भएको हुनुहुँदैन । पासपोर्टको अनलाइन नविकरण गर्दा फोटो पनि अनलाइनमा नै अपलोड गर्नुपर्छ ।

उल्लेखित योग्यता पूरा नभएकाहरुले भने पहिलेजस्तै अप्वाइन्टमेन्ट लिएर भौतिक रुपमा उपस्थीत भएर नविकरणको आवेदन दिनुपर्नेछ । कूटनीतिक र सरकारी पासपोर्ट पनि अनलाइनबाट नविकरण गर्न सकिनेछैन । पासपोर्ट कार्डको नविकरण पनि अनलाइनमार्फत गर्न सकिनेछैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com