युक्रेनमा आणविक हतियार प्रयोग नगर्न पुटिनलाई अमेरिकाको चेतावनी


प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिनुभएको छ ।

युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नुसक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताउनुभएको हो ।

यसै महिना युक्रेनमा ठूलो क्षति बेहोरिरहेका रूसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफमा बाइडनले उक्त कुरा बताउनुभएको हो । बाइडेनले भन्नुभयो, “दोस्रो विश्वयुद्धपछिको जस्तो युद्धको स्वरूप परिवर्तन गर्नुहुनेछ ।” यदि युद्धमा थप विवेक गुमाएमा उनी (रूसी) हरू विश्वमा अस्वीकृत हुनेछन् ।

युक्रेनले पश्चिमी सहयोगीहरूले सहयोग गरेको भारी हतियारहरूको कारण हालैका हप्ताहरूमा रुसी सेनाको कब्जाबाट पूर्वको केही भूभाग युक्रेनले पुनः कब्जा गरेको छ । पश्चिमी सहयोगीहरूले आपूर्ति गर्ने भारी हतियारहरूको कारण बढेको छ ।

रसियाको कब्जामा रहेको इज्युम शहरबाहिर एउटा सामूहिक चिहान फेला परेपछि मस्कोले पश्चिमा मुलुकहरूबाट नयाँ आक्रोशको सामना गरिरहेको छ । कीभका अधिकारीहरू भन्छन्, “निकालिएका प्रायः सबै शवहरूमा यातनाको सङ्केत देखिएको छ ।”

तर पुटिनले रूसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आउनुभएको छ ।

पुटिनले शुक्रबार भन्नुभयो, “यो योजना यही अवस्थामा रोकिनेस्थिति छैन ।” उहाँले भन्नुभयो, “डोनबासमा हाम्रो आक्रामक अभियान पनि रोकिएको छैन । तर त्यो केही सुस्त गतिमा चलिराखेको छ । रुसी सेनाले नयाँ र नयाँ भूभाग कब्जा गरिरहेको छ ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com