बालेनसँग बाबुरामको आग्रह : ‘स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकौं’


प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाण्डौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

महानगर पालिकालाई व्यवस्थित गर्न बालेनले चलाएको अभियानको प्रशंसा र समर्थन गर्दै डा.भट्टराईले  ट्वीटमार्फत स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न आग्रह  गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्, फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँरसमय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’

पछिल्लो समय काठमाडौं महानगरभित्र बनाइएका अनधिकृत संरचना हटाउने अभियानलाई महानगरले तिब्रता दिएको छ । यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com