करोडौंको बीचमा पनि आजभोली एक्लो महशुस हुन थालेको छ : प्रचण्ड (भिडियो)


प्रकाशित मिति : भाद्र २८, २०७९ मंगलबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजभोलि एक्लो महशुस हुन थालेको बताएका छन् । उनले जनयुद्धको बेला एक्लै जंगमा हिड्दा लाखौं मानिससँगै भएको अनुभुति हुने बताउँदै अहिले करोडौेंको बीचमा पनि एक्लो महशुस हुन थालेको जिकिर गरे ।

सुदन किराँतीको कृति ‘पलपलको मृत्यु’ लोकार्पणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध समाजको परिवर्तन र मानवजाति कै हितको निम्ति सम्पूर्ण त्याग र समर्पणसहित लागि परेको बताउँदै व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाको लागि नभएको स्पष्ट पारे ।

प्रचण्डले भने,- “जनयुद्धका ती दिनहरुमा हामी समाजको परिवर्तनको निम्ति, मानवजाति कै हितको निम्ति, उत्दाक्त ढंगले सम्पूर्ण त्याग सहित, सम्पूर्ण रुपले समर्पणसहित, कुनै व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठाको निम्ति थिएन् । सिंगो राष्ट्र, मानवजातिको निम्ति हामी सबभन्दा उचाईमा बसेर काम गरिरहेका छौं भन्ने अनुभुति हामीलाई हुन्थ्यो ।”- उनले थपे, – “यति ठूलोे गर्भ हामी एक्लै जंगलमा हुँदा पहाड, उकाला, ओराला, भिरपाखा, नदीनाला सबैमा एक्लै हिन्दा पनि लाखौं, करोडौं, अरबौं मानिसको निम्ति काम गरेको र उनीहरुसँगै हिडेको अनुभुत हुन्थ्यो । अहिले हामी लाखौं, करोडौं मान्छेको बीचमा छौं तर एक्लो एक्लो महशुस हुुन्छु कहिले काही, एक्लै पो परि याछ कि ।”

अध्यक्ष प्रचण्डले समाज रुपान्तरण, सामाजिक न्याय र समाजवादको यात्रालाई आफूहरुले नछाडेको बताउँदै यो यात्रालाई निरन्तरता दिन आफू बाँचिरहेको र रातदिन खटिरहेको धारणा राखे । आजभोली आफूहरुलाई गर्वान्वाभूति र आनन्दको अनुभुति नरहेको उल्लेख गर्दै जीवनको महत्व महान हो भन्ने पनि कमजोर परेको उल्लेख गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हाम्रो समाज रुपान्तरणको सामाजिक न्याय र समाजवादको यात्रालाई हामीले छोडेका छैनौं । हामी बाचिरहेकै छौं, हामी रात दिन खटिरहेकै छौं । भने त्यहि सपना दिमागमा भएकै कारणले हामीले अगाडी बढिराखेका छौं । आज भोलीको मात्रै दिनचर्या हेर्ने हो भने हामीलाई गर्वान्वाभूति छैन् । हामीलाई आनन्दको अनुभुति पनि छैन् । जीवनको महत्व महान हो मेरो भन्ने पनि कमजोर परेको छ । फेरी पनि हामी महानयात्राको प्रक्रियामा छौं ।” उनले भने ।

उनले जनयुद्धमा कुनै पनि बेला मृत्युवरण गर्नुपर्ने थाहा हुँदाहुँदै पनि मृत्यु या मुक्ति भनेर संकल्पका साथ लागिरहेको प्रष्ट पारे । जीवनको महत्व, जीवन प्रतिको अपवाद, संवेदना, त्यसको गहिराई, उचाई, कठिन पललाई स्मरण गर्दै अहिले भौतिक रुपमा सुरक्षित रहेको उनको भनाई छ ।

(भिडियो)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com