‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ बने मिलेनियम तण्डुकार


प्रकाशित मिति : भाद्र २७, २०७९ सोमबार

काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ उपाधि जितेका छन् । अब उनी नोभेम्बर ३ देखि ७ मा बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुन पाउने भएका छन् ।

भक्तपुरको राधे राधेस्थित हेरिटेज गार्डेनमा शनिवार आयोजित अन्तिम प्रतिस्पर्धामा ५ फिट ११ ईञ्च अग्ला तण्डुकार २१ जना प्रतिस्पर्धिलाई पछाडि पार्दै मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२ बने ।

प्रतियोगितामा तण्डुकारले मिस्टर पब्लिक च्वाईसको टाइटल अवार्ड समेत जितेका छन् । फेसन मोडलको रुपमा सक्रिय तण्डुकार स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।

प्याजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२मा आभिनेष श्रेष्ठले फर्स्ट रनरअप तथा आकाश महर्जनले सेकेण्ड रनरअपको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सफल न्यौपाने तथा धिरज बोगटी क्रमशः थर्ड रनरअप र फोर्थ रनरअप भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धिहरुलाई विभिन्न उपाधिद्वारा पुरस्कृत गरिएको छ । ती मध्ये सुलक्स चापागाईंले एड्भोकेसी एम्बासडर तथा कमल कुमार चौधरीले यूथ एम्बासडरको उपाधि जितेका छन् ।

शीर्ष उपाधितर्फ मनिष पासवानले मिस्टर मल्टिमिडिया, आभिनेष श्रेष्ठले मिस्टर फिजिक्स, अंकित प्रताप सिंहले मिस्टर फोटोजेनिक तथा सफल न्यौपानेले अनलाइन भोटिङ स्टारको उपाधि जित्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, टेलिभिजनकर्मी बिना श्रेष्ठ, भारतको नन्दनी हर्बलका प्रवन्ध निर्देशक हितेश लिम्बानी, म्यानहन्ड इन्टरनेशनल नेपाल २०१२ सनिश शाक्य, अभिनेता एसराज गराच, फेसन कोरियोग्राफर हिमानी सुब्बा, फेसन डिजाइनर रोबिन परियार, फेसन डिजाइनर ज्वालाराज पोखरेल, फेसन डिजाइनर सुक्निता चौलागाईं, मेकअप आर्टिष्ट शैलजा शाह, हेयर स्टाइलिष्ट सोनु कर्ण तथा मिसेस आइकन भक्तपुर २०२१ सोनिया झ्याखो रहेका थिए ।

शनिवार सम्पन्न भएको यो प्रतियोगितामा एन प्लस प्रोफेसनलले टाइटल प्रायोजन गरेको थियो ।

मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाल कार्की हुन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् । म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन् ।

यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।

सन् २०१८ मा मिस्टर मोडल अफ द वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेका मोडल दिक्पाल कार्कीले मोडल अफ द वर्ल्ड २०१८ को उपाधि जितेका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

थप फोटोहरु: 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com