‘प्रतिज्ञा गर्नुहोस्, जीवन हिजोको जस्तो रहिरहन्न, परिवर्तन हुन्छ’


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

लेखक राजन थपलिया आफूलाई राम्रो पाठक भन्न रुचाउँछन् । १० कक्षामा पढ्ने बेलामा नै ३ हजार किताब पढेको भनेर उनको चर्चा भएको थियो । उनले ‘थिंकिङ अबाउट इट’, ‘सिम्पल रुल्स र ‘टनिङ प्वाइन्स’ भन्ने किताब लेखेका छन् । उनको मेडिकल साइन्समा आधारित ‘स्विट स्पिसेस’ ‘रिजोइस’को दुईटा सिरिज आइसकेको छ ।
त्यसको जम्मा दशवटा सिरिज निकाल्ने उनको सोच छ । उनले दर्शनसम्बन्धि, व्यक्तित्व विकाससम्बन्धि पुस्तक पनि लेखेका छन् । उनका पुस्तक पढ्दा पोजेटिभ भाइब्रेसन प्राप्त गर्न सकिन्छ । भर्खरै सकारात्मक सोच र प्रेरणा दिने खालको पुस्तक ‘हन्डेर्ड प्रसेन्ट लाइफ’ सार्वजनीक गरेका थपलियाँसँग पुस्तककै सेरोफेरोमा रहेर नेपालयका विष्णुप्रसाद पौडेलले गरेको कुराकानी खसोखासका पाठकका लागि ।

यो तपाईंको कतिऔं पुस्तक हो ?
यो मेरो एघारौं पुस्तक हो ।

यो कस्तो पुस्तक हो ?
यो जीवन रुपान्तरण गर्ने पुस्तक हो । यो दर्शनमा आधारित छ । मानिसहरुलाई प्रेरणा दिने खालको पुस्तक हो । हामीले केहि गर्ने बाचा ग¥यौं भने जीवन हिजोको जस्तो हुँदैन । परिवर्तन हुँन्छ । यो पुस्तकमा एउटा च्याप्टर नै छ, ‘गुडबाइ डिप्रेसन’ भन्ने । हामी अस्पतालको छेउमै बस्छौं । व्यक्तिगतरुपमा भन्ने हो भने म अस्पतालमै काम गर्ने मान्छे । मान्छे मरिरहेका छन्, एम्बुलेन्समा लगेका छन् त्यो हामीले देखेका छौं । जस्तो पशुपतिमा हामी जाँदा मरेको मान्छे देख्दा केहि अनुभव हुन्छ । एकदमै बिग्रेको मान्छेलाई पनि त्यहाँ लगेर मान्छे जलाएको देखायो भने उसमा धेरै परिवर्तन आउँछ । भारतका जेलमा कतिपय मान्छेलाई आस्था च्यानल देखाउँछन रे । त्यो किन त भन्दा केहि परिवर्तन होस् भनेर ।

यो पुस्तक लेख्नुको कारण के हो ?
म आफूलाई लेखकभन्दा पनि एउटा राम्रो पाठक हुँ भन्दा सहज अनुभव गर्छु । धेरै पुस्तक पढ्दापढ्दा अरुको सिद्धान्तबाट निर्देशित भएको जस्तो लाग्यो । यो पढे पनि राम्रो लाग्छ, त्यो पढे पनि राम्रो लाग्छ । अरुको सिद्धान्तबाट निर्देशित भएको राम्रो होइन । त्यसलाई कम गरेर आफ्नै सिद्धान्त दिउँ कि भनेर जे गरेपनि शत् प्रतिशत दिउँ भन्ने सोच आयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुस्तको नाम ‘हन्डेर्ड प्रसेन्ट लाइफ’ किन राख्नुभयो ?
बिहान सूर्य उदाउँछ नि ‘हन्डेर्ड प्रसेन्ट लाइफ’ भनेको त्यहि हो क्या । विज्ञानमा त शत प्रतिशत हुँदैन । शत प्रतिशत भनेको त्यो चिजमा तुलना गर्ने हो, जस्तो मान्छेको कुनै गन्तव्य छ त्यो चिजलाई पूरा गर्नुभनेको शत प्रतिशत हो । जस्तो तपाईंलाई कुनै विशयमा मास्टर्स डिग्री लिने सपना छ र त्यो पूरा गर्नु भयो भने त्यो शत प्रतिशत हो ।

उपन्यास लेख्ने मान्छे यस्तो पुस्तक निकाल्ने सोच कसरी आयो ?
मैले यस्तै खाले पुस्तक पहिला पनि निकालेको थिएँ । मैले ‘सिम्पल रुल्स अफ लाइफ’ भन्ने पुस्तक निकालेको थिएँ । यस्तै खाले ‘जिरो टु हिरो’ र ‘डन्ट फलो योर ड्रिम’ भन्ने पुस्तक पनि आउँदैछ । अरु पुस्तक पनि लेख्दै छु । यो के भने आफू पनि सिक्ने र सुधार हुँदै जाने र अरु इच्छा हुनेहरुमा पनि सुधार आओस् भन्ने हिसाबले यस्तो पुस्तकमा मलाई रुचि लागेको हो । अनि अर्को कुरा यस्ता खाले पुस्तकको माग पनि अमेरिकामा धेरै छ । मान्छेहरु सकारात्मक सोचको विकास गर्न चाहन्छन् । युवाहरुको पनि त्यत्तिकै चाहना छ । र, अर्को कुरा आफैंलाई सुधार्न पनि लेखेको हुँ ।

पुस्तकको मुख्य सन्देश के हो ?
यसको ‘मेन थिम’ भनेको ‘प्रमिस’ हो । कुनै पनि कुरामा मान्छेले एकचित्त भएर लागेको छ भने उ असफल हुँदैन । सोच विचार भनेको त्यति बलियो हुन्छ । एउटा सोचले आगो बाल्दिन्छ । एउटै चिजले जिन्दगी खत्तम बनाइदिन्छ । कहाँबाट कहाँ पुग्छन् मान्छेहरु त्यो सबै सोचकै कारणले हो ।

पुस्तकबारे प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
पुस्तक निकालेको एक महिना हुन लाग्यो । सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया पाएको छु । कयानडा, अमेरिका, बेलायती मिडियाबाट प्रतिक्रिया आयो । नेपाली मिडियाबाट पनि त्यत्तिकै राम्रो प्रतिक्रिया आयो । भारतीय मिडियाबाट पनि राम्रो प्रतिक्रिया आयो । यो चाहिँ मलाई अचम्मलाग्दो सुखद प्रतिक्रिया पाएँ ।

तपाईंको यो पुस्तक कस्ता खाले.पाठकले पढ्ने हो ?
दुई खाले मान्छेले यो पुस्तक पढ्ने हो । एउटा भनेको एकदम सफल भएका मान्छेले । अर्को भनेको जीवनमा अन्यन्तै हार खाएको, डोरीमा झुन्डिनुप¥यो भन्ने सोच आएका मान्छेले पढ्ने हो । जिन्दगीमा कुनै विकल्प नदेख्नेहरुले पढ्ने खालको पुस्तक हो । पुस्तकमा मैले आफ्नै उदाहरण पनि दिएको छु । हिरो हुनुपर्ने मान्छे जिरो भएर बसिरहेको हुन्छन् । निराश भएर के हुन्छ ? विगतमा त फर्कन मिल्दैन । एउटा भनाइअनुसार मान्छे यस्तो बुद्धिमान प्राणी हो कि आफूलाई पूरै बेबकुफ बनाउन सक्छ रे । अर्को अध्याय छ, आत्मशान्ति कसरी गर्ने भन्ने बारे । अर्को अध्याय ‘सुप्रिम पर्सनालिटी’ भन्ने छ । धेरै सफल मान्छेले सुप्रिम पर्सनालिटीको बारे थाहा पाउनु प¥यो । गौतम बुद्ध, राम, कुष्ण, मुहाम्मद, जेसस क्राइष्ट आदि सुप्रिम पर्सनालिटी हुन् ।

यस्तो भावना कसरी आयो तपाईंमा ?
यो त बाटोमा हिँड्दाहिँड्दै आयो । ट्रेनमा हुने बेलामा आएको हो । हामी जस्तो तेस्रो विश्वबाट आएका मान्छेहरुले यहाँ प्रतिस्पर्धा गर्न सकिँदैन । त्यसैले हामीले प्रतिस्पर्धा गर्ने भनेको नयाँनयाँ फरक सोच राखेर हो । विसौं वर्ष लगाएर अमेरिकी इतिहास, दर्शन पढेपनि केहि पनि हुँदैन । त्यसरी हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं । त्यसको साटो मान्छेलाई काम लाग्ने फरक खालका कुरा भयो भने भोलि नै भाइरल हुन बेर लाग्दैन । विचार सोच भनेको धेरै गहन कुरा हो । मान्छेको जीवनको निर्णय भनेको ट्रेनको दिशा जस्तै जस्तै हो । एउटा सानो प्वाइन्टले कहाँबाट कहाँ पुग्छ । जीवनको निर्णय भनेको पनि त्यस्तै हो ।

अन्य पुस्तक पनि लेख्दैछु भन्नुभयो, कस्तो खालका पुस्तक हुन ति ?
मैले दुईवटा पुस्तक प्रकाशित गर्दै छु । एउटा पुस्तक नेपालको विकास कसरी गर्ने भन्ने बारे छ अर्को पुस्तक चाहिँ ‘डन्ट फलो योर ड्रिम’ भन्ने पुस्तक छ । सबै मान्छेहरु सपनालाई पछ्याउनुपर्छ भन्नुहुन्छ तर म सपनालाई नपछ्याउँ भन्छु । टु द प्वाइन्ट जानुप¥यो भन्ने हो ।

कहिले प्रकाशन हुँदैछ त्यो पुस्तक ?
सेप्टेम्बरमा प्रकाशन हुँदैछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
पुस्तक भनेको त व्यक्तिगत विचार नै हो । कसैको व्यक्तिगत विचारलाई, कुनै सिद्धान्तलाई पछ्याउनुपर्छ भन्ने छैन । तर, सोच विचार गरेको राम्रो हो । मान्छेले बाचा गरेर अगाडि बढ्नुप¥यो । मान्छेहरुले भन्छन् नि यो गरेको पनि भएन त्यो गरेको पनि भएन । त्यो भनेर भएन ‘प्रमिस’ गरेर अगाडि बढ्नु प¥यो । नराम्रो कुरालाई चटक्र्क छोड्न सक्नुप¥यो । राम्रो कुरालाई अझै कसरी राम्रो बनाउने भनेर लाग्नुप¥यो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com