आलिया भट्ट र रणबीर कपूरको ‘ब्रह्मास्त्र’ को पहिलो दिनमै धमाकेदार कमाई


प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार

शुक्रबारदेखि सिनेमाघरमा रिलिज भएको रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले समीक्षकबाट राम्रै प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्सन आइसकेको छ । जसमा चलचित्रले एकै दिनमा धमाकेदार कमाई गरेको प्रष्ट देखिन्छ ।

केही समयदेखि ठूला चलचित्रहरू बक्स अफिसमा नराम्ररी फ्लप भइरहेका छन् । विजय देवरकोंडाको ‘लाइगर’ ले पनि राम्रो प्रदर्शन गर्न सकेन । यस्तो अवस्थामा सबैको नजर ’ब्रह्मास्त्र’ माथि अड्कियो। निर्माता र यससँग सम्बन्धित सबैले आफ्नो फिल्मले अचम्मको काम गर्ने आशा गरेका छन् । तर, रिलिज हुनुअघि नै सामाजिक सञ्जालमा यसको बहिष्कार हुन थाल्यो । यसका बावजुद ब्रह्मास्त्रले पहिलो दिन नन होलिडेमा कुल ३५/३६ करोडको व्यापार गरेको छ ।

‘बक्स अफिस इन्डिया’ को रिपोर्ट अनुसार यो भारतभरको कमाइ हो । कार्य दिनमा यस्तो उपलब्धि हासिल गर्ने अन्तिम फिल्म ‘बाहुबली–द कन्क्लुजन’ थियो । हिन्दी, मलयालम, कन्नड, तमिल र तेलुगु भाषामा रिलिज भएको ब्रह्मास्त्रको उद्घाटन दिनसँगै सबैले ठूलो कमाईको अपेक्षा गरेका छन् । पौराणिक विज्ञान कथामा आधारित यस चलचित्रको बजेट करिब ४०० करोड भारु रहेको छ । यस्तो अवस्थामा पहिलो दिन बम्पर कलेक्सन गरेमा लगानी गरेको रकम कमाउन नसक्ने कुरालाई नकार्न सकिँदैन ।

‘ब्रह्मास्त्र’ देशका ५ हजार स्क्रिन र विश्वभर ८ हजार स्क्रिनमा रिलिज भइसकेको छ । अर्कोतर्फ रणवीर कपुरका अन्य फिल्मको ओपनिङ डेको कुरा गर्दा ‘सञ्जु’ ले ३४.१९ करोडको कलेक्सन गरेको थियो । बेशरमले १९.८७ करोड, ये जवानी है दिवानीले १९.४२ करोड, ए दिल है मुश्किलले १३.०४ करोड र रकस्टारले ९.९२ करोड कलेक्सन गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com