न्युयोर्कमा नेपालीका लागि सिनियर सेन्टर बनाउने अभियान तीब्र


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

न्युयोर्कमा नेपाली समुदायका लागि सिनियर सेन्टर बनाउने अभियान तीब्र भएको छ । कलेजो फेरेर पुनर्जीवन पाएका न्युयोर्क निवासी नेपाली पुण्डरी अर्याल संस्थापक अध्यक्ष रहनुभएको प्रसाद फाउण्डेशनको पहलमा यो अभियान तीब्र पारिएको हो । प्रसाद फाउण्डेशनको कार्यालय स्थापना गरेपछि सिनियर सेन्टर बनाउने कामले तीब्रता पाउने संस्थापक अध्यक्ष अर्यालले अपेक्षा गर्नुभएको छ । प्रसाद फाउण्डेशन न्युयोर्कमा स्थापित गैर नाफामुलक संस्था हो ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको थकाली किचनको हलमा आयोजित प्रसाद फाउन्डेसनको दोश्रो बार्षिक साधारण सभामा उपस्थीतहरुले सिनियर सेन्टरको आवश्यकता टड्कारो बन्दै गएको औल्याउँदै सक्दो सहयोगको प्रतिबद्धता जाहेर गरे । उपस्थीत केहीले संस्थाको कार्यालय स्थापनाका लागि हरेक महिना एकसय डलरका दरले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कर्यक्रममा संस्थाका संस्थापक अध्यक्ष पुण्डरी अर्यालले फाउन्डेसन स्थापना गर्नुको कारण र आवश्यकताबारे बारे बोल्नु भएको थियो । पुण्डरी अर्यालले केहि बर्ष अगाडी कलेजो प्रत्यारोपण गरि पुनर्जिबन पाएको हुनाले अबका बाँकी जिबन सकारात्मक सामाजिक कार्यमा निरन्तर लगाउने अठोटका साथ प्रसाद फाउन्डेसनको स्थापना गरिएको जानकारी दिनुभयो । नेपालमा बाल आश्रम र बृद्ध आश्रममा रहेका बालक र बृद्धहरुका लागि नेपालमा एउटा अक्षय कोष स्थापना गर्ने समेत अर्यालले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com