प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार चुके


प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार

संघीय पद्धति समस्त नेपालीका लागि हो । राज्यशक्तिमा जनताको स्वामित्व बढाउन संघीयता आवश्यक छ । संघीयताको नाममा प्रदेशको प्रावधान केवल राजनीति गर्नेहरूका लागि एउटा अतिरिक्त राजनीतिक सुविधाको ठाउँजस्तो मात्र भएको छ । प्रदेशसभाका सांसदहरुले भने संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन नचाहेको आरोप लगाएका छन् । राष्ट्रको जीवनमा पाँच वर्ष कुनै ठूलो कालखण्ड नभए पनि संघीयता कसरी अभ्यास गरियो र यसमा के–के बाधा/अप्ठ्यारा देखिए भन्ने समीक्षा गर्दै आगामी संघिय लोकतान्त्रीक गणतन्त्रलाई सस्थागत गर्न आवश्यक छ ।

अन्तरिम संविधान, २०६३ मै व्यवस्था गरेर मुलुक संघीय प्रणालीमा गएको हो, तर त्यसको कार्यान्वयन भने नेपालको संविधान, २०७२ आएको दुई वर्षपछि भएको निर्वाचनमार्फत मात्र भयो । २०७४ मा भएका तीन तहका निर्वाचनले मुलुकमा एउटा संघीय सरकार, सातवटा प्रादेशिक सरकार र ७ सय ५३ वटा स्थानीय सरकार चुनेपछि संघीयताको व्यावहारिक अभ्यास सुरु भएको हो । स्थानीय सरकारको पाँच वर्ष बितिसकेको छ भने संघ र प्रदेशको केहि महिना बाकी रहेको छ । संविधानले तीनै तहका सरकारलाई एकल र साझा अधिकार प्रत्यायोजन गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित छ । तर, व्यवहारमा यसको कार्यान्वयन हुन सकिरहेको छैन । प्रधानमन्त्री कार्यलयलेनै संघीयता कार्यन्वयनमा जोड दिइरहँदा पनि संविधानमा उल्लेख भएअनुसार कार्यन्वयन नहुँदा काम गर्न नपाएको गुनासोहरु आइरहेका छन् । यसैबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताए । स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने भन्दै राज्यमन्त्री श्रेष्ठले स्थानीय सरकारले जनतालाई प्रत्यक्ष अनुभुित गर्न प्राथमिकता दिइनुपर्नेमा जोड दिए । संघीयता प्रयोगकै चरणमा रहेको भन्दै उनले आगामी संसदले धेरै कानूनहरुलाई परिवर्तन गरी बाँकी रहेका कानूनहरु निर्माण गर्ने दावी समेत गरे ।

यता सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताए । उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं चुकेको दावी गरेका छन् । उनले संघीय सरकारले प्रदेश किन बनाएको र के का लागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको दावी समेत गरेका छन् । महामन्त्री थापाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनपछिको बाँकी ५ वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकोले काम गर्न नसके प्रदेश सरकार रहन नसक्ने बताउछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यता, वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको भन्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताए । संघीयता आउने बित्तिकै दिल्लीका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै पौडेलले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारलेनै दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गरे ।

मुलुकमा संघीयता आए पनि शासन प्रणालीको सिद्धान्तअनुसार केन्द्र सरकारबाट सहयोग हुन नसकेको स्थानिय जनप्रतिनिधिहरुको आरोप छ । हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिनाकुमारी लामाले किसानका लागि स्थानीय तहमा संघीयता पुग्न नसकेको भन्दै सरकारले यस बारेमा विशेष चासो दिन आग्रह गरीन् ।

मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईंले निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न नसकेको बताए । उद्योग दर्ता र नविकरणका लागि काठमाडौं धाउनुनुपर्ने बाध्यता अझै कायम रहेको भन्दै उनले संघीयता आइसकेपछि पनि अझै लगानीमैत्री वातावरण हुन नसकेको गुनासो गरे ।

राज्यशक्तिमा जनताको स्वामित्व बढाउन संघीयता आवश्यक छ । तर पहिलो कार्यकालमै प्रदेश सरकारको भूमिकालाई लिएर यसको आवश्यकतामाथि प्रश्न उठाउनु उचित छैन । दोष व्यवस्थाको होइन, नेताहरूको कार्यशैलीको हो, जुन अब फेरिनुपर्छ । प्रदेशको औचित्यमाथि नै प्रश्न उठाउनु फेरि केन्द्रीकृत मानसिकतामै फर्कन खोज्नुको लक्षण हो । तर, यस्तो बहसले अबको निर्वाचनपछिको प्रदेश सरकारलाई सच्चिनुपर्ने सन्देश दिएको छ । विगितमा भएका कमीकमजोरीहरू सच्याए संघीयताको स्थागत विकासमा राजनीतिकदल तथा सरोकारवाल निकायले ध्यान दिन आवश्यक छ । यसका लागि नागरिकस्तरबाटै संघीयता प्रति अपनत्व जगाउन आवश्यक छ ।-एबीबी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com