भारतको सीएलाई मान्यता नदिने


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

असार २१, २०७४- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को परिषद्ले भारतमा पढेको सीए डिग्रीलाई मान्यता नदिने निर्णय गरेको छ । (आइक्यान) को डिग्रीलाई भारतीय संस्था इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) ले मान्यता नदिएको भन्दै ‘रेसिप्रोकल’ रूपमा यस्तो निर्णय आएको हो ।
परिषद्को २ सय १६ औं बैठकमा सहभागी सदस्यको असहमति हुँदाहुँदै ०७५ साउनदेखि भर्ना भएका विद्यार्थीको डिग्रीलाई मान्यता नदिने निर्णय गरेको हो । आइक्यानले अन्य मुलुकमा अध्ययन गरेका विद्यार्थीलाई मान्यता दिए पनि भारतमा अध्ययन गरेकालाई मात्रै मान्यता नदिने निर्णय गरेको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । १७ सदस्यीय परिषद् बैठकमा सहभागी सदस्यबीच सर्वसम्मति नजुटेपछि यस्तो निर्णय गरिएको असन्तुष्ट पक्षको आरोप छ ।

आइक्यानले अस्ट्रेलिया र बेलायतबीच मात्रै पारस्परिक सम्झौता गरेको छ । ‘यसरी संस्थाले एकतर्फी रूपमा आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेका व्यक्तिलाई मान्यता दिँदै आइरहेको तर भारतीय संस्थाले नेपालको संस्थाबाट उत्तीर्ण गरेका व्यक्तिलाई मान्यता दिएको छैन । एकतर्फी रूपमा मान्यता दिने अन्तर्राष्ट्रिय प्रचलन छैन,’ निर्णयमा भनिएको छ, ‘आईसीएआईमा चार्टर्ड एकाउन्टेन्सी शिक्षाका लागि भर्ना भएका र केही समयभित्रै भर्ना हुन सक्ने व्यक्तिको मध्यनजर गर्दै नाम दर्ता गराएका वा २०७५ असार ३२ सम्म नाम दर्ता गराउने व्यक्तिलाई मात्रै मान्यता प्रदान गर्ने निर्णय गरियो ।’

यो निर्णय अनुसार अहिले अध्ययन गरिरहेका र अब एक वर्षभित्र पढ्न नाम दर्ता गराउनेलाई पनि मान्यता दिने भएको छ । ०७५ साउनदेखि भारतीय आईसीएआईमा चार्टर्ड एकाउन्टेन्सी शिक्षा अध्ययनका लागि नाम दर्ता गराउने व्यक्तिको डिग्रीलाई मान्यता नदिने निर्णय गरेको हो । आइक्यानको यो निर्णयले विद्यार्थीले स्वदेश वा विदेश रोजेर अध्ययन गर्न पाउने स्वतन्त्रता माथि अंकुुश लगाइएको छ । ‘परिषद्मा सर्वसम्मतिबिनै यस्तो निर्णय भयो,’ काउन्सिल सदस्य भरत रिजालले भने, ‘यसले स्वदेशी डिग्री नेपालमा मात्रै सीमित हुने भयो ।’
आइक्यान स्थापना भएको बीस वर्ष भए पनि दुई संस्थाबीच पारस्परिक मान्यताको सम्झौता हुन सकेको छैन । आइक्यानले नेपाललाई आवश्यक पर्ने चार्टर्ड एकाउन्टेन्सी उत्पादन गर्न सक्षम र यो विषय अध्ययन गर्न ठूलो धनराशि विदेशिएको ठहर गरेको छ । आइक्यानबाट ३ सय ८० जना चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गराइसकेको संस्थाले जनाएको छ ।

आइक्यानबाहेक अन्य विदेशी संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी पास गरेका व्यक्तिले स्वदेश फर्केर नेपालको कानुन, नीति, मापदण्ड, व्यावहारिक पक्षका बारेमा परीक्षा दिएर सदस्यता लिनुपर्ने प्रावधान छ । विदेश अध्ययन गरेका विद्यार्थीलाई स्वदेशका कानुन, नीति, व्यावहारिक ज्ञान थाहा नहुने आइक्यानको दाबी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काउन्सिलका उपाध्यक्ष प्रकाशजंग थापाले हामीले विद्यार्थीलाई रोक्नुभन्दा पनि भारतसँग पारस्परिक मान्यताको सम्झौता (एमआरए) का लागि दबाब दिन यस्तो निर्णय गर्नुपरेको बताए । आईसीएआईसँग सम्झौता गर्न छलफल भइरहेको छ । सम्झौता भएलगत्तै यो निर्णय स्वत: खारेज हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com