अमेरिकी नौसेनाको जहाज कब्जा गर्ने इरानको प्रयास असफल


प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार

इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ । यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको दोस्रो घटना भएको ५ औं फ्लीटका प्रवक्ता टिम हकिन्सले शुक्रबार स्पुतनिकलाई बताएका छन् ।

शुक्रबार अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले सो घटनाको विवरण बारे विज्ञप्ति जारी गर्दै यस किसिमको प्रयास बारे आफूहरू सचेत रहेको जनाएको छ ।

अमेरिकी नौसेनाले एक इरानी युद्धपोतलाई सेप्टेम्बर १ मा अरबी खाडीमा रोकेको थियो त्यसको बदलामा दुई दिनपछि लाल सागरमा अमेरिकी ५ औं फ्लीटद्वारा सञ्चालित दुईवटा मानवरहित सतही जहाजहरू कब्जा गरेको अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले जनाएको छ ।

इस्लामिक गणतन्त्र इरानको नौसेनाको जहाजले अर्को दिन अमेरिकी नौसेनालाई जहाजहरू फिर्ता गर्नु अघि अन्तरराष्ट्रिय जलक्षेत्रमा सञ्चालित दुई अमेरिकी सेलड्रोन एक्सप्लोरर जहाजहरू कब्जामा लिएको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती जहाजहरू निशस्त्र थिए जसले वरपरको वातावरणको तस्बिरहरू खिचिरहेका थिए । त्यसमा कुनै जोखिम नरहेको र बिना कुनै घटना लगातार २०० दिनसम्म लाल सागरमा सञ्चालन भएको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी नौसेनाले मङ्गलबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स नेवी जहाजलाई पर्शियन खाडीम कब्जा गर्नबाट रोकेको पनि जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com