जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको डर


प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार

जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्याङ्कअनुसार जर्मनीले अगष्टमा देशले एक सय ३१ दशमलव तीन अर्ब युरो अर्थात् एक सय ३१ दशमलव चार अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ, जुन जूनको तुलनामा दुई दशमलव एक प्रतिशत कम हो ।

यो सूचक गत वर्षको जुलाईको तुलनामा १४ दशमलव तीन प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन पाँच दशमलव चार अर्ब युरोमा सकारात्मक रहेको छ । मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असरले लामो छायाँ पार्दा मुलुकको निर्यातमा आधारित अर्थतन्त्रको दृष्टिकोणप्रति व्यवसायहरू निराशावादी बन्दै गएका छन् ।

जर्मनीको इफो इन्स्टिच्युटले हालै देश ‘मन्दीको सङ्घारमा’ पर्नसक्ने चेतावनी दिएको थियो । “विश्वव्यापी आपूर्ति शृङ्खलामा चाप, भूराजनीतिक जोखिम र बढ्दो उत्पादन लागत यस नयाँ प्रवृत्तिको पछाडिका स्पष्ट संवाहकहरू हुन्,” आईएनजी बैंकका म्याक्रो कास्र्टेन ब्रेजेस्कीले भने । युक्रेनमा आक्रमण गरेदेखि नै प्रतिबन्धको चपेटामा परेको रुसमा जर्मनीको निर्यात जुलाईमा १५ दशमलव एक प्रतिशतले घटेर एक दशमलव शून्य अर्ब युरोमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५५ दशमलव एक प्रतिशतले कम हो ।

जर्मनीको सबैभन्दा ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिकाको निर्यात १३ दशमलव सात प्रतिशतले घटेर १२ दशमलव तीन अर्ब युरोमा झरेको छ भने चीन र बेलायततर्फको निर्यातमा पनि गिरावट आएको छ । जर्मनीको अर्थतन्त्र अप्रिल र जुनको बीचमा स्थिर रहेको र शून्य प्रतिशतको वृद्धि दर हासिल गरेको यहाँको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com