बेलायतको संसदभित्र प्रदर्शनकारी प्रवेश, मानव साङ्लो बनाएर सभामुखको कुर्सी घेरे (भिडियो)


प्रकाशित मिति : भाद्र १७, २०७९ शुक्रबार

बेलायती संसदमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि हंगामा भएको छ। आन्दोलनकारीहरु सभामुखको कुर्सी घेर्न पुगेका छन् ।  सभामुखको कुर्सी घेर्न पुगेपछि उनीहरुले संसदभित्र विभिन्न पोस्टर प्रदर्शन गरे । अराजक स्थितिपछि कारबाहीमा आएको लण्डन प्रहरीले धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यो घटनापछि बेलायती संसदको सुरक्षामा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । अहिले पनि संसद भवन वरपर आन्दोलनकारी, प्रहरी र सञ्चारमाध्यमको भिड लागेको छ ।

बेलायती सञ्चारमाध्यमका अनुसार वातावरण संरक्षण संगठन एक्स्टिन्क्शन रिबेलियनका कार्यकर्ताहरूले शुक्रबार बेलायतको संसदमा प्रवेश गरी मानव साङ्लो बनाएर हाउस अफ कमन्सको सभामुखले प्रयोग गरेको कुर्सी घेरा हालेका छन ।

देशको कन्जरभेटिभ पार्टीले नयाँ नेता चयन गर्न सात हप्ता लामो चुनावी अभियान पूरा गर्ने तयारी गरिरहेको बेला यो प्रदर्शन भएको हो। अहिले बेलायतको संसदको बैठक चलिरहेको छैन । प्रदर्शनकारीलाई तितरबितर गर्नका लागि घटनास्थलमा कैयौं प्रहरी टोली परिचालन गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com