राजकुमारी डायनाको अन्तर्वार्ताका विषयमा बीबीसीले च्यारिटीलाई १४ लाख पाउन्ड तिरेको दावी


प्रकाशित मिति : भाद्र १७, २०७९ शुक्रबार

सन् १९९५ मा राजकुमारी डायनालाई दिएको अन्तर्वार्ताबाट प्राप्त भएको रकम बीबीसीले परोपकारी संस्थालाई दान गरेको शुक्रबार जनाएको छ । ‘प्यानोरमा’ को अन्तर्वार्ता दुई करोड २८ लाख मानिसले हेरेका थिए, जसमा डायनाले राजगद्दीका उत्तराधिकारीसमेत रहेका राजकुमार चाल्र्ससँगको आफ्नो विवाहसँग जोडिएको विश्वासघातबारे विस्तृत विवरण दिनुभएको थियो ।

अवकाशप्राप्त वरिष्ठ न्यायाधीश जोन डायसनले मे महिनामा प्रकाशित एक स्वतन्त्र रिपोर्टमा बीबीसीका पत्रकार मार्टिन बशीरलाई कमिसनका रूपमा नक्कली बैंक स्टेटमेन्ट दिएको र राजकुमारीका भाइलाई प्रकाशन गर्न मनाउनका लागि देखाएको बताउनुभएको थियो ।

बेलायतको प्रसिद्ध प्रसारण कम्पनीले राजकुमारीसँग सम्बन्धित रकम सात वटा परोपकारी संस्थालाई १४ लाख २० हजार पाउन्ड (१६ लाख ४० हजार अमेरिकी डलर) भुक्तानी गरेको शुक्रबार जनाएको छ ।

जसमा होमलेस च्यारिटी सेन्टरप्वाइन्ट, इङ्लिस नेसनल ब्यालटे, ग्रेट ओर्मोन्ड स्ट्रिट हस्पिटल चिल्ड्रेन्स च्यारिटी, द लेप्रोसी मिसन र नेसनल एड्स ट्रस्ट रहेका छन् ।
“लर्ड डायसनको निष्कर्षलाई ध्यानमा राख्दै, हामीलाई लाग्छ कि यो सही र उचित कदम हो,” बीबीसीले भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बशीरले डायनालाई बिबिसीको प्रमुख समसामयिक कार्यक्रममा कुरा गर्न कसरी मनाए भन्ने प्रश्न लामो समयदेखि सोधिँदै आएको थियो । अन्तवार्ताका लागि बशीरले टेलिभिजन पुरस्कारहरूको श्रृङ्खला नै पाउनुभएको थियो ।

यसमा डायनाले आफ्नो विवाहमा आफु (डायना), चाल्र्स र उहाँसँग लामो समयसम्म सम्बन्ध रहेकी जीवनसाथी (जो अहिले पत्नी छन्) क्यामिला पार्कर बोल्स गरी ‘तीन व्यक्ति मात्र थिए’ भनी बताउनुभएको थियो । उनीहरूको अवैध यौन कुराकानी हुने गरेको पनि अन्तवार्तामा उहाँले बताउनुभएको छ ।

बशीरलाई अन्तर्वार्ताको समयमा थोरै मात्र चिनिन्थ्यो तर उहाँले अमेरिकी टेलिभिजन नेटवर्कहरूमा माइकल ज्याक्सनजस्ता स्टारहरूको साक्षात्कार गर्दै एक उच्च–ओहोदाको पेशाकर्मी बनाउनुभएको थियो ।

बशीरले माफी माग्दै डायनाका सबैभन्दा नजिकका विश्वासपात्रलाई उनीमाथि नजर राख्नका लागि बैंक स्टेटमेन्टमा झुटा विवरण पेश गरेकोमाु ‘मलाई गहिरो खेद छ’ भन्नुभएको छ ।

तर राजकुमारी डायनाले अन्तर्वार्तामा भाग लिने व्यक्तिगत छनौटमा कुनै असर नपारेको उहाँले बताउनुभयो ।

चाल्र्स र डायनाले सन् १९९६ मा औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेका थिए । त्यसको एक वर्षपछि पेरिसमा ‘पापराजी फोटोग्राफर’हरूले पछ्याइरहेको समय तीव्र गतिले हाँकिएकोे कार दुर्घटनामा उहाँको ३६ वर्षको उमेरमा मृत्यु भएको थियो । चाल्र्सले सन् २००५ मा क्यामिलासँग विवाह गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com