न्युयोर्कमा बाढीबाट १९ महिनाका बालकसहित तीन नेपालीको मृत्यु भएको बार्षिकीमा दीप प्रज्वलन


प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार

न्युयोर्कमा बर्षा र बाढीका कारण १९ महिनाका बालकसहित तीनजना नेपालीहरुको मृत्यु भएको बार्षिकीमा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा दीप प्रज्वलन गरिएको छ । कम आय भएका दक्षिण एसियाली र इन्डोक्यारिबियन न्युयोर्कवासीहरूको लागि आवास र आर्थिक आवश्यकताहरू सम्बोधन गर्न सकृय छाया सीडीसीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा न्युयोर्क राज्य सिनेटर जेसिका रामोस लगायतले न्युयोर्कमा रहेका अबैध बेसमेन्टहरुलाई बैध बनाउनुपर्ने र भाडामा बस्नेहरुलाई सोही अनुशार सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । न्युयोर्कमा हरिकेन आइदाका कारण गतबर्ष बेसमेन्टमा बस्दै आएका ११ जनाको मृत्यु भएको थियो, जसमा ३ जना एकैपरिवारका नेपाली थिए ।

न्युयोर्कमा बाढीका कारण ज्यान गुमाएका एकैपरिवारका तीन नेपाली

गतबर्ष हरिकेन आइदाका कारण न्युयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रीटमा रहेको घरमा बेसमेन्टमा डूबेर मृत्यु हुनेमा १९ महिनाका बालक लोप्साङ लामा , उनका बुबा ४९ बर्षका आङ गेलु लामा र आमा मिङमा शेर्पा थिए । बेसमेन्टमा बस्दै आएका उनीहरुको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो ।

उनीहरुले झ्यालबाट पानी पसेको थियो । पछि प्रहरी घटनास्थलमा पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए । सोलुखुम्बु जुनबेसीका उनीहरु झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com