यसरी मनाइयो न्युयोर्कमा अमेरिकाको जन्मदिन ( आतसवाजीका १३ तस्विर)


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

स्वतन्त्रता दिवशको उत्सव मनाउनेमा न्युयोर्कलाई कसैले पनि जित्न सक्दैन । मेसी मलले स्वतन्त्रता दिवस अर्थात् फोर्थ जुलाईको अवशरमा आतसबाजी र उत्सव मनायो । मेसीले यसरी उत्सव मनाएको ४१ औं पटक हो । बेलुका ९ बजेर २५ मिनेट जाँदा सुरु भएको आतसबाजी झण्डै ३० मिनेट चल्यो । यसपटक म्यानहटनको इस्ट रिभरमा २४ देखि ४१ औं स्ट्रीटसम्म आतसवाजी उत्सव गरियो । न्युजर्सीको एक्सचेन्ज प्लेसको फायरवर्क यसपटक विशेष आकर्षक रह्यो । बु्रकलिन ब्रिज नजिक फायरवर्क नगरिएकाले एक्सचेन्ज पार्कबाट देखिएको फायरवर्क विशेष आकर्षणको केन्द्र बन्यो । पृष्ठभूमीमा न्युयोर्कको एम्पायर स्टेट र वल्र्ड ट्रेड सेन्टर सहित पूरै म्यानहटनलाई राखेर गरिएको फायरवर्क हेर्न डेढ लाख भन्दा धेरै एक्सचेन्ज प्लेसमा भेला भएका थिए । खसोखासका प्रधानसम्पादक पनि त्यहाँ पुगेर फायरवर्कका तस्विर खिचे । तीमध्येका १३ तस्विर खसोखासका पाठकका लागि ।

 

फायरवर्कको भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com