कलेज पढ्दापढ्दै छाडेका भारतीय अर्बपति गौतम अडानी बने विश्वको तेस्रो धनी


प्रकाशित मिति : भाद्र १५, २०७९ बुधबार

विश्वका धनी व्यक्तिको सुचीमा तेश्रो नम्बरमा भारतीय अर्बपति गौतम अदानी परेका छन् । उनले मंगलबार विलासिताका सामान व्यवसायी बर्नार्ड अर्नाल्टलाई पछाडी पार्दै विश्वको तेश्रो धनी बनेका हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार १३७ बिलियन डलरको सम्पत्तिका साथ अदानी शीर्ष तीनमा पुग्ने पहिलो एसियाली व्यक्ति हुन्। उनी धनीको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस (१५३ बिलियन डलर) र टेस्लाका सीईओ एलोन मस्क (२५१ बिलियन डलर) पछि मात्र छन्।

एसियाकै सबैभन्दा धनी व्यक्ति घोषित भएको ६ महिनापछि उनी विश्वकै तेश्रो धनीमा सुचिकृत भएका हुन् । अदानीले यस वर्ष अहिलेसम्म आफ्नो सम्पत्तिमा ६० दशमलव ९ बिलियन डलर थपेका छन् । जसले गर्दा उनी सन् २०२२ मा कुल सम्पत्तिमा कमी नआएका शीर्ष १० को एक मात्र सदस्य बनेका छन् ।

एलोन मस्क

अडानीले गुजरात युनिभर्सिटीमा दोस्रो वर्षमा कलेज छोडेर हिराको पहिचान गर्ने विशेषज्ञ बन्न लामो यात्रा तय गरेका छन्। उनी अदानी समूहका संस्थापक हुन् । जससँग बन्दरगाह, कोइला र ऊर्जालगायत विभिन्न उद्योगहरूमा कम्पनीहरूको ठूलो पोर्टफोलियो छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदानी आफ्नो कमोडिटी एक्सपोर्ट फर्म सुरु गरेको २० वर्षपछि सन् २००८ मा पहिलो पटक अर्बपति बनेका थिए। बिल गेट्सले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई २० अर्ब डलर दिने घोषणा गरेपछि अदानीले बिल गेट्सलाई पनि उछिनेका हुन् ।

उनले आफ्नो नम्बर तेश्रो स्थानमा सुरक्षित राख्न सक्छन् वा सक्दैनन् त्यो भने हेर्न बाँकी छ । उनको कम्पनी विस्तारको क्रममा लिएको ऋणको मात्राका कारण पछाडि पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । साथै अर्नाल्ट वा गेट्सको कम्पनीहरूको स्टक मूल्यमा भएको वृद्धिले अदानी शीर्ष तीनबाट पछाडि पर्नसक्ने सम्भावना पनि छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com