शिया धर्मगुरुको निर्णयविरुद्ध हिंसामा उत्रिए सर्मथक, २० जनाको मृत्यु


प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार

इराकका एक प्रभावशाली शिया धर्मगुरु मुक्तादा अल-सद्रले राजनीति छाड्ने बताए । यसपछि धर्मगुरुका समर्थकहरुले यसको विरोधमा राष्ट्रपति भवन तथा अन्य सरकारी कार्यालयमा तोडफोड गरेका थिए । सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा २० जनाको ज्यान गएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । हिंसाको यो अवधि लामो समयसम्म पनि लम्बिने आशंका छ । यसैबीच अहिले देशमा कर्फ्यू लगाइएको छ । बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै छिमेकी इरानले इराकका लागि आफ्ना सबै उडान रद्द गरेको छ र सीमाका सबै प्रवेशद्वार बन्द गरेको छ । यसैबीच, हिंसालाई ध्यानमा राख्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि शान्ति कायम गर्न अपील गरेका छन् ।

अल-सद्रको गुटले पनि संसदबाट राजीनामा दिएको छ। उनको राजीनामाको घोषणा हुनासाथ उनका समर्थकहरु आक्रोशित बने र सरकारी सम्पत्तिलाई निशाना बनाउन थाले । सेनाले स्थानीय समय अनुसार साँझ ७ बजे सहरमा कर्फ्यू घोषणा गरेको थियो । तनाव कम गर्न र टकरावबाट बच्न यो कदम चालिएको हो। तर, आक्रोशित भीडले तोडफोड जारी राख्यो । सरकारी निकाय, निजी तथा सार्वजनिक सम्पत्ति र अन्य देशका दूतावासको सुरक्षामा सुरक्षाकर्मी खटिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जानकारीका अनुसार शिया मुस्लिम धर्मगुरु अल-सद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेसँगै उनका समर्थकहरू आक्रोशित भएका छन्। अर्कोतर्फ अल सद्रले पनि हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेको छन् । यहाँ कुवेती दूतावासले इराकमा रहेका आफ्ना नागरिकलाई देश छाड्न आग्रह गरेको छ । प्रतिद्वन्द्वी शिया समूहहरू बीचको झडप पछि, दूतावासले इराक यात्रा गर्न चाहने मानिसहरूलाई आफ्नो योजना स्थगित गर्न आग्रह गरेको कुवेतको राज्य समाचार एजेन्सीले जनाएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com