टेक्सासमा भाडा तिर्न नसकेर घरबाट निकालिएको बेरोजगारले हान्यो ५ जनालाई गोली, ३ को मृत्यु


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा एउटा अपार्टमेन्ट भवनबाट निष्कासन गरिएको एक व्यक्तिले भाडामा बस्ने अन्य ५ जनालाई गोली हानेको प्रहरीले जनाएको छ । ती मध्ये तीनजनाको मृत्यु भएको छ ।

आइतवार बिहान घरमा आगो लगाएपछि भाडामा बस्नेहरु घरबाहिर निस्कन बाध्य भएका थिए । उनीहरु घरबाहिर निस्केपछि उक्त व्यक्तिले गोली चलाएको जनाइएको छ । प्रहरीले बन्दुकधारीलाई पनि गोली हानेर मारेका छन् ।

घटना आइतबार बिहान दक्षिणपश्चिम ह्युस्टनको मिश्रित औद्योगिक आवासीय क्षेत्रमा भएको थियो। प्रहरी प्रमुख ट्रोय फिनरले आगलागीको रिपोर्टपछि अपार्टमेन्ट हाउसमा प्रहरी र दमकल टोलीले पुगेको बताएका छन् ।

बन्दुकधारीले घरबाट निस्केका भाडामा बस्नेहरूमाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो । दमकल टोलीले अन्य दुई जना घाइते पुरुषहरूलाई उद्धार गरेको थियो, जसलाई अस्पताल भर्ना गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त घरका बासिन्दा रोबिन अहरेन्स ह्युस्टनको अपार्टमेन्टमा भएको घातक गोलीकाण्डपछि ।

कसैको पनि पहिचान सार्वजनिक गरिएको छैन । अग्नी नियन्त्रकहरुले आगो निभाइरहँदा बन्दुकधारीले गोली चलाएपनि कुनै अग्नि नियन्त्रक वा प्रहरी अधिकारीहरू घाइते भएका छैनन् ।

आफूले ३२ वर्षमा पहिले नदेखेको चीजहरू अहिले देखिरहेको बताउँदै फिनरले समुदायलाई एकजुट हुन अनुरोध गरेका छन् । छिमेकी रोबिन एहरेन्सले सुरुमा पटाका जस्तो ठानेको बताएका छन् ।

कोलोन क्यान्सर भएको बन्दुकधारीले कैयन महिनादेखि भाडा तिरेको थिएन । साथै बेरोजगार समेत थियो । हालै उसलाई अपार्टमेन्टबाट निष्कासन गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com