‘अग्नि’बाट प्रज्वलित साहित्यिक उज्यालो…


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

– प्रकाश सिलवाल/  “एकछिन त मौन रहेँ । यो खबर पहिलो पटक कसलाई सुनाऔँ भन्ने भयो । दायाँबायाँ हेरेँ तर घरमा म एक्लै थिएँ…।” जीवनका गल्छेडाहरुका सुःख दुःखका साथी जीवनसँगिनी सङ्गीता शनिबार दिउँसो नातिनीलाई लिएर नैकाप बजारतिर निस्किएकाले त्यो खुसीको क्षण केहीबेर महाकाव्यकार डा नवराज लम्साल वरिपरि मात्रै नाचिरह्यो । उकुसमुकसको अनुभवबीच ढोकाबाट बाहिरतिर हेर्दा श्रीमती सङ्गीता नातिनीका लागि किनिदिएको जुत्ता हातमा बोकेर आउँदै गरेको देखेपछि कवि नवराजले ‘अलि छिटो आऊ न…’ भन्न नपाउँदै श्रीमती सङ्गीताको जवाफ आयो, “किन र बूढा ?, मदन पुरस्कार जित्यौ कि क्या हो ?”

छिमेकी जिल्ला धादिङबाट काठमाडौँ छिरेको ३८ वर्षपछि साहित्यिक जीवनमा सबैभन्दा ठूलो खुसी र उपलब्धिको खबर सुनेपछिको पहिलो अनुभूति आइतबार राससलाई सुनाउँदै हुनुहुन्थ्यो–प्रसारण पत्रकारिताका लोकप्रिय प्रतिभा डा लम्साल । उहाँलाई ‘अग्नि’ महाकाव्यले यसपटक मदन पुरस्कार के पाउला र ? भन्ने नलागेको होइन । यसअघिका दुई महाकाव्य ‘कर्ण’ र ‘धरा’ ले पाउने आश गरिए पनि पाउन नसकेकाले यसपटक त्यस पुरस्कारतर्फ कवि लम्सालको त्यति ध्यान थिएन ।

मदन पुरस्कार गुठीले उत्कृष्ट आठभित्र पारेपछि यसपटक ‘अग्नि’ ले बाजी मार्ने अनुमान धेरैले गरेका थिए तर अन्तिम घोषणा हुनुअघि कवि लम्साललाई प्रसूति गृहभित्र लगिएको गर्भवतीको जस्तो अनुभव भएको थियो । विजयी घोषणा हुनुपूर्वको समय प्रसूति गृहभित्र बच्चा जन्मिएर च्याँ गर्दा बाहिर कुरिरहनेलाई छोरा या छोरी के होला ? त्योे शिशु कस्तो होला भन्ने कुतूहल भए जस्तै लागेको थियो कवि लम्साललाई ।

बीस वर्षसम्म त्यही महाकाव्यमा हरफहरु मुसारेर निखार गरिएको ‘अग्नि’ मा सीमान्तकृत वर्ग–समुदायका पीडा र भोगाइका गहन विषयवस्तु समेटिएका छन् । त्यही महाकाव्यले अहिले साहित्यिक बजार पिट्न थालेको छ । हालसम्म उक्त कृति पाँच हजार प्रति बिक्री भइसकेको छ । मुलुकको राजनीति र इतिहासकालदेखि पछाडि पारिएका पात्र र प्रवृत्तिहरुलाई अनुसन्धानका आधारमा ग्रामीण लोकलयमा काव्यमा उतारिएको ‘अग्नि’ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको समेत उल्लेख हुनुले यसले ऐतिहासिकता झल्काएको छ । बुकहिल प्रकाशनले बजारमा ल्याएको ४२ सर्गयुक्त महाकाव्यमा समाजमा सांस्कृतिक शोषणमा परेका पात्रका आवाजलाई सुललित शैलीमा उतारिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्ष साहित्यिक क्षेत्रमा तीन सय १० पुष्ठको उक्त ‘अग्नि’ महाकाव्यलाई पुरस्कृत गर्ने लहर नै चलेको छ । मदन पुरस्कार गुठीले घोषणा गर्नुअघि यस कृति सुदूरपश्चिम साहित्य समाज, सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्बाट उत्कृष्ट ठहरसहित पुरस्कार घोषित भइसकेको थियो भने पद्यश्री पुरस्कार पनि पाइसकेको थियो । साहित्यिक क्षेत्रको प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने निश्चयपछि कवि लम्साललाई मनभरिको खुसीसँगै जिम्मेवारीबोधले थिच्न थालेको छ । सस्ता र रुमानी विषय नलेखी नेपाली माटोको इतिहास, भूगोल, संस्कृतिमा टेकेर समय, समाज र संवेदनालाई साहित्यमा लेख्ने स्रष्टा नवराजका कलमले समाजमा रोग, भोक, शोक र गरिबीका बीच प्रेमिल विषयहरु लेख्न मान्दैन ।

रेडियो नेपालका कार्यक्रम महाशाखाका निर्देशक डा नवराज केही वर्षअघिसम्म रातमा जम्मा दुई घण्टा मात्रै निदाएर आँखाको थकान मेटाउने गर्नुहुन्थ्यो । रेडियोको सेवाका साथै साहित्यिक लेखन, लेखनका लागि समाज र विषयवस्तुको अध्ययन, बिबिसी नेपाली सेवाका पहिलो कला संवाददाता आदि जिम्मेवारी एकै पटक सम्हाल्नु एउटा महाकाव्यकारका लागि कति सहज होला ? तर नवराजले ती दिनहरु पार गरिसकेकाले अब श्रोता र पाठकको माया र प्रतिक्रियामा खुसीका क्षणहरु बिताउन थाल्नुभएको छ ।

हालसम्म ३५० गीतहरु रेकर्ड गरिसकेका नवराज रेडियोमा ‘मधुवन’ कार्यक्रमका माध्यमबाट निकै लोकप्रिय हुनुभएको छ । प्रत्येक हप्ता एक घण्टाको साहित्यिक कार्यक्रम ‘मधुवन’ रेडियो नेपालबाट २०५४ सालदेखि निरन्तर सञ्चालन भएको छ । लम्साल धादिङको नीलकण्ठ नगरपालिका–११ मा पिता टङ्कप्रसाद र आमा हेमकुमारीको कोखबाट विसं २०२६ साउन ८ गते जन्मनुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव २०५९ मा प्रथम भएका कवि लम्सालले विसं २०४१ अरुणोदय पत्रिकामा ‘बन्दना’ शीर्षकबाट काव्ययात्राको थालनी गर्नुभएको थियो ।

हाल चन्द्रागिरि नगरपालिका–१५ स्थित शब्दशिविरमा बस्दै आउनुभएका लम्सालले लोकगीत विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँका ‘पाइलैपिच्छे सगरमाथा’ (कवितासङ्ह, २०६१), ‘आगो छोपेर कतिन्जेल’ (कविता सङ्ग्रह, २०६२), ‘धुनभित्र धुनबाहिर’ (गीतिसङ्ग्रह, २०६२), ‘कर्ण’ (महाकाव्य, २०६६), ‘उडूँ उडूँ लाग्छ !’ (बालगीत सङ्ग्रह, २०७२), ‘धरा’ (महाकाव्य, २०७३), ‘क्रमशः एक्लै एक्लै’ (कविता सङ्ह २०७४) प्रकाशित भइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com